कविता
–बिमला कार्की
सपना देख्ने आँखाहरुसुनसान सडकमा ओछ्याएरमनको तातो ओढ्दैसारा पीडा बिर्सिएर निदाउनुकोमज्जै बेग्लै
तर बिसाएनन् रातहरु कहिले पनियी छातीभित्र आनन्दको उभार सल्बलाउनपल पल घडिको टिक् टिक् सँगैउसै हुर्केर गए रहरहरु
जीवनको एक अध्याय नसकिँदैअर्को एउटा पहिचान फालियोसम्बन्ध बिच्छेदको एक टुक्रोचिर्कटो संगै आज फ़ेरि
केही वर्षअघिबिना आवाज आएको प्रलयलाईएकधर्को सिन्दुरसँगै जन्मथलोलेआफ्नो नासो पन्छाएपछि
कर्मथलो मानेरजीवनको आधा भाग बिताएको मेरो घरआँगन, कटेरो र करेसा बारीसबै निस्तब्ध र बेजान छन् रे अहिलेजुन मेरा निम्ति यस् धर्तिमा मसंगै रुनेहरु थिए
सङ्लो छातीभित्र ती सबैकोखिल झैँ गाडिएको माया – खै किनयी आँसु को पानीसँगै बग्न सकेनअभौतिक प्रेममा कति अल्मलिएछमृत्यु पनि मेरो
न कसैलाई औँला उठाएर दिने जवाफ छ मसँगन यी अन्तहिन समयसँग फेरि अर्कोनयाँ सुर्य माग्न सक्ने क्षमता नै
बाध्यताले घिसारिएका पाइलाकोएउटा विश्रङ्खल यात्रा टुंगिनेनिश्चित स्थान नभएपछि
हिजोसम्मसुरक्षित बन्धनभित्र हुर्किएको जीवनफगत आफ्नै कमजोर पाखुरी अंश लिएरतिनै विश्वास भत्काउनेहरु माँझ सडकमाएक्लै निस्किएको छ आज
थाहा छैन कहिले ढल्ने होजीवन र मृत्युबीचको अग्लो पर्खाल
त्यसैलेतानाशाहहरु को न्यायालयभित्रभयभीत –मफालिएको अस्मिता च्यापेरपहिचान खोजिरहेछुसम्बन्ध बिच्छेदका सरकारी कागजहरुमा
अनिनिःसार भोकहरुमाअपूर्ण तृप्तिको कल्पना गर्दैएउटा वश्यक उज्यालो खोजिरहेछुघनघोर काला रातहरुमा
ता किओझेल बसेर अरुको सम्बन्धमाकैँची नचाउने हातहरुलाईप्रष्ट चिन्न सकुँ म