कविता
–अनिता रेग्मी
म कविता लेख्न जान्दिनँम कविता पढ्न जान्दिनँम कविता बुझ्न सक्दिनँ
केबल,आमाको हृदय रसाएको देख्छु ।बुबाको छाती चिरिएको देख्छु ।दुवैका सुन्दर सपना हराएको सुन्छु ।विगत सल्बलाएको महशुस गर्छु।
आँगन, दलान, मझेरीहरुमाआमा, बुबाको सपना अनिवात्सल्यता पोखिएको भान हुन्छ मलाइर, उठाउन खोज्छु आजतिनै रापिला अँगेनीहरुबाटएक फिलिङ्गो ममता,म स्वम् आमा भएर,अहँ फिटिक्कै सक्दिनँ ।
मेरी आमाले जस्तोराप सहन,ताप सहन,सिङ्गो जिन्दगीभित्रकोसन्ताप सहन,आमाको त बाल्यकालनै पराइको बलेसीमाचुहिएको थियो अरे,हरदम बाछिटा रुपि मानसिकयातनाले कयौँ रहरहरु अनिप्रहरहरु निथ्रुक्करुझिरहँदा पनिसुनौलो भविष्यकोनक्सा निधारमाकोरिएको छ भन्ने विश्वासमा,गन्तव्यविहीन यात्रातय गरेकी थिइन् रे आमाले त,आज म पनि आमा हुँ
तर म मेरी आमाजस्तोबन्न सक्दिनँ ।आमाले आफ्नोवेदना शब्दमा उन्न सक्नु हुन्छ।आफ्नो जिन्दगीका भोगाइलाईकथा बनाइ बुन्न सक्नुहुन्छ ।त्यसैले आमा महान हुनुहुन्छ ।हामी सबैको पहिचान हुनुहुन्छ ।तर म आमाको जस्तोइतिहास लेख्न सक्दिनँ,आमाले देखेको सपना देख्न सक्दिनँयही त फरक छ ।म र मेरी आमामा !