भगीरथ भण्डारी
इलाम । फाकफोकथुम गाउँपालिका कार्यालयमा भएको नयाँ गाडी प्रयोगमा प्रमुख र उपप्रमुखबीच विवाद मच्चिएपछि कार्यालयकै काममा पनि प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसमेत सार्वजनिक सवारी प्रयोग गर्न थालेका छन ।
गएको मङ्सिरमा मात्रै विकास बजेटलाई नै कटौति गरेर ४० लाख रुपैयाँ खर्चेर गाउँपालिकामा महिन्द्रा कम्पनीको बोलेरो गाडि खरिद गरिएको थियो । त्यही गाडि प्रयोगको निहुँमा प्रमुख रामकुमार श्रेष्ठ र उपप्रमुख सरस्वती राईबीच पटकपटक झगडा भएको पनि पाइएको छ । पछिल्लोपटक माघ १८ गते पनि उनीहरुबीचमा गाडि कसले प्रयोग गर्ने भन्ने बारेमा झगडा भएपछि गाडिनै प्रहरी चौकीमा थन्क्याएर प्रमुखहरु सार्वजनिक सवारीमा यात्रा गर्न थालेका छन ।
१८ गते विराटनगरमा हुने कार्यक्रममा गाउँपालिकाबाट प्रतिनिधित्व गरेर जान उपप्रमुखले गाडि माग्दा प्रमुखले नदिएपछि झगडाले उग्ररुप लिएको पाइएको हो । उपप्रमुख राईका अनुसार गाडि माग्दा प्रमुख श्रेष्ठले वडा नम्बर ७ को एकतप्पामा शुरु हुने फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा जानुपर्ने, त्योभन्दा अघि घरमा तिथिको काम सक्नुपर्ने भनेर गाडि खाली नहुने बताउनुभएको थियो । उहाँले भन्नुभयो “प्रमुखज्यू ब्यस्त भएकाले राँकेसम्म मात्रै भएपनि गाडि लान्छु भन्दा वहाँले ‘मेरो गाडि दिन्न’ भनेर वहाँकै निजी गाडि भएजस्तो गर्नुभो । शासकीय शैलीमा गाडि चलाएपछि मैले पनि गाडि थन्क्याइदिउँ भनेकी हुँ ।’
माघ २० गते प्रमुख र उपप्रमुखबीच भएको अर्को भनाभनपछि गाउँपालिकाको उक्त गाडि आमचोक प्रहरी चौकीमा राखिएको छ । गाउँपालिकाबाट सवारीसाधन प्रयोगसम्बन्धी कार्यविधी नबनेसम्म गाडि सुरक्षित रुपमा राख्ने भन्ने सहमतिपछि गाडि चौकीमा राखिएको प्रमुख प्रशासकीय अधिकृत सुबेदीले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘गाउँपालिकाको विधेयक समितिले कार्यविधी तयार गरेर अर्को बैठकमा पेश गर्ने र उक्त विधेयक पारित गरेर लागू नभएसम्म गाडि थन्क्याउने सहमति भएको हो ।’ सुबेदीका अनुसार सो अवधिसम्म जो जहाँ जाँदा लागेको गाडि रिजर्भ या भाडा जस्ता यातायात खर्चको बील कार्यालयले नब्यहोर्ने भनेर प्रमुख श्रेष्ठ र उपप्रमुख राईबीच ‘भद्र’ सहमति भएपनि यो मौखिक सहमति हो । ’त्यस्तो सहमतिपछि मे १ झ १७१ नम्बरको उक्त बोलेरो गाडि र यसअघि उपप्रमुखका लागि भनेर गाउँपालिकाबाट खरिद गरिएको मे १ ब ६७७ नम्बरको १५० सीसीको एफजेड मोटरसाइकल प्रहरी चौकीमा राखिएको छ । सो मोटरसाइकल एक वर्षअघि उप्रमुखकै प्रयोजनको लागि भनेर एक लाख ६० हजारमा गाउँपालिकाले खरिद गरेको हो । उपप्रमुख राईले यताउता आवतजावत गर्दा त्यही मोटरसाइकल प्रयोग हुन्थ्यो ।
उपप्रमुख राईले भन्नुभयो, मोटरसाइकलको चावी दिन्छु, गाडि पनि राख्नुपर्छ भनेँ’, ‘वहाँले हुन्छ भन्नुभयो, त्यही भएर दुवै सवारीसाधन कार्यविधी नहुञ्जेललाई राखेका छौँ ।’ उहाँले पटकपटक गाडि प्रयोग गर्न नपाएकाले आपूmलाई असह्य भएपछि मात्र यो निर्णय गर्न बाध्य हुनुपरेको पनि बताउनुभयो । यी दुई सवारी राखिए पनि यसअघि भएका वडाकार्यालयहरुमा चलिरहेका र अन्य कर्मचारीले चलाएका मोटरसाइकल भने यथावत चलाइएका छन् ।
यता अध्यक्ष श्रेष्ठले गाडि दिन्ननै नभनेको र खाली भएका बेला गाडि उपप्रमुखले पनि प्रयोग गरिरहेको बताउनुभएको छ । ‘मैंले गाडी दिन्न भनेकै थिएन्, मेरो एक÷दुई दिन समय खाली छैन् मात्र भनेको हुँ,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘खाली भएका बेला गाडी दिएकै छु ।’ गाडिमा चढ्न नै पाइनँ भनेपछि कार्यविधी बनुञ्जेल थन्क्योस् न त भनेर राखिएको उहाँको भनाई थियो ।