काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा)को एशिया च्याप्टर गठन भएको छ । पत्रकार टंक पन्तको अध्यक्षतामाएशिया च्याप्टर गठन गरिएको हो । ईन्जाको विधानले अन्तर्राष्ट्रिय समितिको उपाध्यक्षले क्षेत्रीय समितिको नेतृत्व गर्ने व्यवस्था गरेको छ । पत्रकार पन्त यस अघिनै अन्तराष्ट्रिय समितिमा एशिया क्षेत्रलाई प्रतिनिधित्व गर्दै उपाध्यक्ष हुनुहुन्थ्यो ।
नवगठित समितिको उपाध्यक्षमा नारायण न्यौपाने (नेपाल), आनन्द कोइराला (जापान), दीपक पुडासैनी (कतार) र मन्जु गुरुङ (कोरिया) रहनुभएको छ । समितिको महासचिवमा जनता टेलिभिजनका समाचार संयोजक दीपेन्द्रदोङ तामाङ, सचिवमा दिपु पोख्रेल (खेमकुमारी) र कोषाध्यक्षमा रामकुमार कामत चयन हुनुभएको छ । समितिको सदस्यहरुमा दीपक समिर, विकास थपलिया, अर्जुन सापकोटा, अनिल आचार्य रहनुभएको छ । यो तदर्थ समिती हो ।
उपाध्यक्षहरुले आफू कार्यरत देश देशमा ‘ईन्जाका साथी’ (फ्रेन्डस अफ ईन्जा) गठन गर्ने बैधानिक ब्यबस्था भए अनुसार नेपाल, जापान, कोरिया र मध्यपूर्व (कतार) मा पनि ‘ईन्जाका साथी’ गठन हुने छन् । यसप्रकार सम्वन्धित देशको कानून अनुसार गठन भएका ‘ ईन्जाका साथी ‘ का अध्यक्षहरु त्यस क्षेत्रको सम्वन्धित ईन्जाको क्षेत्रीय समितिको सदस्य हुने प्रावधान राखिएको छ। साथै अध्यक्षले क्षेत्रीय समितिमा पत्रकारका हक हितमा काम गर्दै आएका संघ सस्थाबाट तीन जना प्रतिनिधि मनोनित गर्न सक्ने प्रावधान समेत रहेको छ ।
महादेशीय वा देशीय ईन्जाहरुले ती देश वा आसपासमा गठन भएका फ्रेण्ड्स अफ ईन्जासँग समन्वय र सहकार्य गरी मर्यादित पत्रकारिताको बिकास तथा नेपालीभाषी पत्रकारहरुको हितमा काम गर्ने छन् । अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) संसारभरी रहेका नेपाली पत्रकारहरु वीचमा मर्यादित पत्रकारिताको अभिबृद्धि र विकासमा जोड दिंदै यसको लागि आवश्यक नेटवर्क, स्रोत साधन र फोरम प्रदान गर्न स्थापित गैर–नाफामुलक, गैर–राजनितिक तथा गैर–सरकारी सामाजिक संस्था हो ।
ईन्जाको केन्द्रीय अध्यक्ष अमेरिका डिसी क्षेत्रमा स्थाई बसोबास गर्नु भएका पुराना पत्रकार गुणराज लुईटेल हुनुहुन्छ भने संस्थाको संरक्षकमा वरिष्ठ पत्रकारद्वय योगेश उपाध्याय र राम खरेल रहनु भएको छ । ईन्जाले अहिलेसम्म ४ वटा महादेशहरुमा समिति विस्तार गरिसकेको छ ।