खेम बम काठमाडौं । हरेक मानिसको चाहना हुन्छ, धेरै कमाउने परिवारलाई खुशी दिने । बाध्यता विवशताले बिदाईका हाल हल्लाउँदै विदेशिएका युवा युवतीहरुको त्यो अन्तिम भेट बन्नपुग्छ । कति फर्किन्छन् कतिले अर्काको भुमीमा प्राणत्याग गर्छन् । आमाबुवा, छोराछोरी, श्रीमतीको मुहारमा कान्ति ल्याउने सपना सपनामै विलिन भइदिन्छ । हरेक नेपालीले यो बाध्यतालाई अंगाल्नुको विकल्प छैन । हरेक समस्याबाट गुज्रिरहेका छन् विदेशमा नेपाली । पछिल्लो प्रक्षेपणले विदेशमा ज्यान गुमाउने नेपालीको संख्यामा बृद्धि हुँदै गएको देखाउँछ ।
गरिबीको पीडा साहुको ऋण थपिँदै गइरहेको बेला छोरो कफिनमा स्वदेश भित्रिदाँ कुन परिवार भावविह्वल हुँदैन र । नेपालमा उचित रोजगारीको अवसर सिर्जना नभएकै कारण धेरै युवा विदेश पलायन भएका छन् । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने, देशलाई समृद्धिको यात्रामा डो¥याउने सरकारको लक्ष्य दीगो रुपमा प्रवद्र्धन हुन नसक्दा धेरै नेपालीका अकालमै मृत्यु हुने गरेको छ । कतिपय देशमा गएका नेपालीहरु म्यानपावरको गैरजिम्मेवारीका कारण सास्ती खेप्न बाध्य बनेका छन् । भर्खरै श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले म्यानपावरको छड्के अनुगमनका क्रममा भेटिएका ती दृष्य ताजै छन् । एक महिला कुवेतमा रहेका बिरामी श्रीमानलाई स्वदेश फर्काउन छोरासहित म्यानपावर धाइरहेकी हुन्छिन् । म्यानपावर सञ्चालकलाई श्रीमान फर्काइदिन बिन्ति गर्छिन् । तर श्रीमान नेपाल आउने भनेको ६ महिना बितिसकेको हुन्छ आउँदैनन् ।
म्यानपावरले भन्छ प्रोसेसमा छौँ । सानो दुघे बालक पिठ्यूमा बोकेर म्यानपावर धाइरहेकी ती महिला श्रममन्त्री बिष्टको नजरमा पर्छिन् । मन्त्रीले ती सञ्चालकलाई मानवियता देखाउन आग्रह गर्छन् । म्यानपावर व्यवसायी मन्त्रीको मुखनिर झस्किन्छन् र छिट्टै नेपाल फर्काउने बाचा गर्छन् । नेपालको हकमा यी प्रतिनिधि घटनामात्रै हुन् । यहाँ म्यानपावर व्यवसायीले पैसा कमाउने धन्दामा कतिका घरवार विहीन बनाएका छन्, कतिलाई परदेशमा अलपत्र पारेका छन् । कतिका पैसा खाएर अर्कै देशमा पु¥याएका छन् भने कतिलाई विदेश नै नपठाई पैसा असुलेका छन् । पीडितले पैसा माग्न जाँदा उल्टै धम्क्याएर पठाउँछन् । ‘डन’ पालेर बसेका म्यानपावर सञ्चालकले समाचार संकलनकै क्रममा जनता टेलिभिजनका पत्रकार शिव अधिकारी र राधिका श्रेष्ठलाई गरेको दुव्र्यवहार ताजै छ । टेलिभिजनको क्यामेरा समेत तोडफोड गरेका उनीहरु सर्वसाधारणसँग के डराउलान् र ? हरेक दिन सुखको जीवन जिउने सपना देखेका नेपाली युवाहरु कतिपय देशमै लुटिएका छन् । कति अर्काको देशमा ।
११ महिनामा ७८८ ले ज्यान गुमाएवैदेशिक रोजगार प्रवर्द्धन बोर्डकाअनुसार गत फागुनदेखि हालसम्म ७ सय ८८ जनाले ज्यान गुमाएका छन् । झण्डै ११ महिना पनि नबित्दै विदेशमा ज्यान गुमाउनेको संख्यामा बृद्धि भएको छ । ७ सय ८८ परिवारलाई सरकारले ४८ करोड ४१ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । सरकारले विगत ११ वर्षमा वैदेशिक रोजगरीका क्रममा मृत्यु भएका झण्डै साढे सात हजारभन्दा बढी कामदारका परिवारलाई आर्थिक सहायता रकम वितरण गरिसकेको छ ।
अवैधानिक रुपमा विदेश पुगेर मृत्युवरण गरेका कामदारका परिवारले सरकारबाट कुनै क्षतिपूर्ति नपाउने भएकाले मृतकको संख्या ८ हजार भन्दा निकै माथि रहेको अनुमान छ । विगत ११ महिनामा वैदेशिक रोजगारीका क्रममा विरामी तथा अंगभंग भएर फर्किएका ३ सय १३ जनाले क्षतिपूर्ति पाएका छन् । उनीहरुले ६ करोड ९२ लाख क्षतिपूर्ति पाएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । बोर्डले वैदेशिक रोजगारीमा रहेका कामदारको ४१ जना परिवारका सदस्यलाई १९ लाख उपचार खर्च पनि वितरण गरेको छ ।
बोर्डले अवैधानिक रुपमा श्रम स्वीकृति नलिई गएका र श्रम अवधि नाघेका कामदारको मृत्यु भएमा क्षतिपूर्ति दिँदैन । त्यसरी मृत्यु भएर फर्किने कामदारको एकीन तथ्यांक बोर्डसँग छैन । बोर्डले ११ महिनामा ६० जनालाई उद्धार गरेको छ ।