सिंहदरबारको आसपास बसेर चिया पिउदैँ थिए, त्यहीँबेला म नजिकै बसेको साथीले इसारा गर्दै भनिन्– उ आए कमरेड अगाडि पछाडि सेक्युरिटी राखेर । म चिया पिउन छाडेर उनको गाडीतिर नजर दौडाउन थालेँ । मैले एक नजर लगाउन्जेल त गाडी छेकिसकेको थियो। साथीले उनको राम्रा नराम्रा सबै पक्षको टिप्पणी गर्याे । उनको स्वभावकोसम्म मज्जाले विश्लेषण गर्याे । उनी छद्मभेषी छन् रे विचार एउटा बोक्छन् काम अर्को गर्छन् रे । साथीले यति विश्लेषण गरिसक्दा ती कमरेडलाई टिभीमा मात्रै होइन नजिकैबाट नियाल्ने भुत चढ्यो ।
त्यसपछि मैले उनलाई भने मलाई ती कमरेडलाइ नजिकैबाट नियाल्ने मन छ उपाय बताइदेउ न । उनले सहजै भनिन् – भोलि पनि कमरेड सिंहदरबार आउँछन् खोइ कुन मन्त्रालयमा पो कार्यक्रम छ रे मलाई जानकारी आएको छ । त्यसपछि म हसिँलो अनुहार बनाउदैँ त्यसोभए मलाई भोलि जसरी पनि सिंहदरबार जाने व्यवस्था मिलाइदेउ है । म भोलि कलेजबाट चाडैँ आउँछु नी । हेरौँ म प्रयास गर्छु उनको यस्ताे उत्तरपछि मैले भने प्रयास होइन भोलि जसरी पनि मिलाई देउ है। ल ल मेरो अंकल मन्त्रालयमा काम गर्नुहुन्छ म भन्दिछु पिर नगर । म ढुक्क हुँदै उनीसँग छुटेर आफ्नो बाटो तताए । त्यो रात एकदमै लामो लाग्योँ । भोलिपल्ट बिहान अरूदिनभन्दा चाडैँ उठेर कलेजतिर लागेेँ। सधै सर पसेपछि पुग्ने म त्यो दिन त सर आउनुभन्दा १५ मि पहिला पुगेँ । साथीभाइहरू जिस्काउदैँ थिए । के अचम्म ? यो घाम कताबाट लाग्योँ आदि आदि । म बेन्चमा बसेर मुसुमुस हासिरहेँ । केही प्रतिक्रिया दिइन ।
कोही उनलाई नमस्कार गर्दै थिए, पत्रकारहरू अर्काे साइडबाट खिच्दैँ थिए तर ती कमरेड कसैलाई नहेरी वायुवेगले भित्र पसे
कतिखेर बलराम सरको कक्षा सकिइएला र ती छद्मभेषी कमरेडलाइ नियाल्न पाइएला भनेर जतिबेला पनि नजर हातको घडीमा डुलाइरहेँ । १० बजे बलराम सरले छोड्नुभयो, अनि हतारमा क्लासबाट निस्किएर त्यही साथीलाई फोन गरि आफू आइरहेको जानकारी दिएँ । उनले सिंहदरबार छिर्न पासको व्यवस्था भइसकेको र मलाई कुरेर बसेको जानकारी दिइन, अनि म हतारमा पुगेँ सिंहदरबारको दक्षिण गेट । म पुग्ने बित्तिकै साथीले पास दिदैँ भनिन्- छिट्टै हिँड, कमरेड आउनेबेला भइसक्यो । अनि म पनि पहिलोपटक सिंहदरबार छिर्न पाएको सानका साथ छिरेँ, केहीबेर त ठूलै उपलब्धि हासिल गरेझैं महशुस गरेँ ।
अलिक माथि पुगेर साथीले कमरेड यहीँ आउँछन् बसौँ भन्यो र हामी चहुरतिर बस्यौँ । हामी बसेको १५ मिनेट पछि साइरनको आवाज सुनियो र साथीले भन्यो सवारी भो कमरेडको । म पल्लो कुनाबाट मुन्टो तानीतानी हेर्न थालेँ । कमरेड गाडीबाट निस्किए । वरिपरिका कसैलाई नहेरी भुँडी हल्लाउँदै मन्त्रालय प्रवेश गरे । यतिसम्म कि कोही व्यक्तिले उनलाई नमस्कार गर्दै थिए, पत्रकारहरू अर्काे साइडबाट खिच्दैँ थिए तर ती कमरेड कसैलाइ नहेरी वायुवेगले भित्र पसे । त्यसपछि साथी र म पनि कार्यक्रममा गयौं । नजिकैको मेचमा बसेर कमरेडलाइ नियाल्न थालेँ । कमरेड खुब सानका साथ उपरखुट्टी लाएर ड्यासमा विराजमान भएका थिए। आयोजकले प्रमुख अतिथिमा नाम बोलाउँदा समेत नउठी हात मात्रै हल्लाए । बिस्तारै कार्यक्रम शुरू भयो । अन्य निर्धारित वक्ताले वोलेपछि उनको पालो आयो । कमरेड बल्लबल्ल उठेर भुँडी हल्लाउँदै लागे मञ्चतिर । त्यसपछि शुरू गरे भाषण । मैैैैले उनकाे चर्तिकला पहिलोपटक प्रत्यक्ष देख्न पाएँँ । मौन भएर उनको सबै गतिविधि नियालिरहेँ । कमरेडको भाषण चरमोत्कर्षमा पुग्यो । अनेक झुठा सपना बाड्न थाले ।उनको भाषण सुन्दा कतिपय हास्न थाले । कतिपयले गाली गर्न । म भने चुप नै रहेँ । उनले आफ्ना पार्टीको नेता कार्यकर्तादेखि विपक्षी नेताहरूलाइ मज्जाले गाली गरेँ । अनि सम्बोधन सकेर कुर्सीमा बसेँ ।
त्यसपछि आयोजकले लगाएदिएको माला र खादा त्यही राखेर अर्काे कार्यक्रम छ, भन्दै दौडिए कमरेड । म भने एक कुनाबाट उनको स्वभाव नियालिरहेको थिए । मलाई पहिलोपटकको प्रत्यक्ष भेटमै उनको स्वभाव रत्तिभर मन परेन । उनको त्यो रूखो स्वर अनि रूखो व्यवहार देख्दा म चकित भएको थिए । मसँगै बस्ने साथीलाई भने यी कमरेड त कति रूखा हुन् ? उनले हास्दैँ मलाई जवाफ दिइन ।सर्वहाराको हकहितका लागि काम गर्छु भन्ने यिनै हुन् । उनको जवाफ सुन्दा मलाई विश्वास जागेन कि यिनी दुखी र गरिबको साहारा बन्नेछन् । त्यसपछिका पनि धेरै कार्यक्रममा पुगेँ तर उनीजस्तो रूखो र आफूलाइ सर्बैसर्वा ठान्ने कोही व्यक्ति भेटिन ।
यही महिनाको पहिलो साता पनि म संयोगवस उनको कार्यक्रममा पुगेँ । तर १ वर्षपछि पनि उनको स्वभाव, शब्दमा मिठास नभएको भाषण बदलिएनछ । अनि मनमनै सोचेँ कमरेड आम मानिसको अगाडि जतिसुकै दम्भ बोकेर हिडेँपनि प्रकृतिले तिमीलाई चिन्नेछैन । म विश्वस्त छु, एकदिन तिमीभन्दा प्रकृति बलियो बनेर आउँछ र तिम्रा घमण्डकाे पहाडलाई खरानी बनाइदिनेछ ।