काठमाडौं । सञ्चार उद्यम आफैँमा जनताको पेटबोली हुनुपर्छ । जनताको आवाज नै सञ्चार हो । सञ्चारमाध्यमको प्रमुख लक्ष्य सर्वसाधारण जनता मात्र होइन, आवाजविहीनको पनि मुखपत्र हो सञ्चारमाध्यम । र, नेपालमा यस्तो एउटा अभ्यास गरिएको थियो ८ वर्ष अघि कि, सर्वसाधारण जनताले अस्पताल, सहकारी, संस्था, विद्यालय चलाएजस्तै सञ्चारगृह चलाउन सक्ला कि नसक्ला ? ६ वर्षको आन्तरिक गृहकार्यपछि त्यसले आकार पायो । १९ महिना अघि जनता टेलिभिजन पूर्ण प्रसारणमा आयो । रेडियो जनता ८९.१ मेघाहर्ज पनि २४ सै घण्टा प्रसारणमा आएको छ । अर्थात् ६६ जिल्लाका सर्वसाधारणको सामुहिक सपना हो जनता प्रसारण तथा प्रकाशन लिमिटेड ।
जनता प्रसारण तथा प्रकाशन लिमिटेड शुरुमा प्रकाशन गृहका रुपमा स्थापित भएको हो । अशल पुस्तक प्रकाशन गृहको सपना साकार भएपछि यसले टेलिभिजन, अनलाइन र रेडियोको पनि आकार लिएको हो ।
जनमुखी, जनउत्तरदारी, जिम्मेवार सञ्चारकर्म नै हाम्रो मूल मन्त्र हो । आगामी दिनमा यहाँहरुसँगकै सहकार्यमा हामी अझ जिम्मेवार सञ्चारगृहका रुपमा क्रियाशील रहने प्रतिवद्धतासहित फेरि एकपटक सबैमा शुभकामना बाँड्न चाहन्छौँ ।
जनभावनामा ‘सदरमुकाम’ र ‘सुदूर’ भन्ने शब्द हुँदैन । मुलुकको ‘माटो’ जहाँ छोए पनि ‘राष्ट्र’ एकैचोटि ‘जागरुक’ हुन्छ । यो दूरीविहीन आचरण नै ‘समाचार’ हो । ‘बाइलाइन’ अर्थात् जिम्मेवार पत्रकारिता । ‘राज्यदृष्टि’मा देशभित्र ‘दूरी’ हुँदैन । कार्यक्रम बाइलाइनको एपिसोड हेर्नुहोस्ः
https://www.youtube.com/watch?v=-TYGk-to43k