कविता–प्रज्जवल राज घिमिरे
ह्याप्पी भ्यालेन्टाइनती अभागी अक्षरहरुलाईजो सधैँ टाइप भएर पनिसेन्ट हुन सकेनन्ह्याप्पी भ्यालेन्टाइनती अभागी अंकहरुलाईजो सधैँ डायल्ड भएर पनिकल्ड हुन सकेनन् ।र, ह्याप्पी भ्यालेन्टाइनती अव्यक्त भावनाहरुलाईजो मनभरी टिलपिल भएर पनिपोखिन सकेनन् ।
जवाफ कुर्दाकुर्दैबुढा भएका प्रस्तावहरुलाईझरेका, सुकेका च्यात्तिएकागुलाफका फूलहरुलाई ।सोकेसमा सजिएर पनिबिक्न नसकेका टेडी बियरहरुलाई ।प्रेमिका खल्तीमै पग्लेर फुटेरफोहोर भएर प्रेमिकाको स्वाद बन्न नसेकाचकलेटहरुलाई ह्याप्पी भ्यालेन्टाइन
सिगरेटको ठूटो चुमिरहन विवशप्रेमिकाको ओठ चुम्न नपाएकासुख्खा ओठहरुलाई ह्याप्पी भ्यालेन्टाइन ।यस पटक पनि सिरानीमैकाम चलाउन विवश न्यानाकसिला अंगालाहरुलाई ह्याप्पी भ्यालेन्टाइन ।
मुठ्ठीमा कसिएर पसिनाले भिज्दै मेटिएरच्यात्तिदै गएका पवित्र प्रेमपत्रहरुलाईअनि प्रेमपत्र अट्न नसकेका रित्ता खामहरुलाईकसैको यादमा सल्किम्दै गएका सिगरेटका ठूटोलाई,अनि रित्तिँदै गएका मदिराको बोतललाई,मोटरसाइकलका उदास ब्याकसिटहरुलाई,थिएटरका रित्ता आसनहरुलाई,पार्कका खोटा टिकटहरुलाई,होटलका बासी परिकारहरुलाई ह्याप्पी भ्यालेन्टाइन
प्यारो लाहुरेका सम्झनाहरु मात्रबोकिआउने निष्ठुरी चिलगाडीहरुलाई ह्याप्पी भ्यालेन्टाइनकारिन्दालाई बिदा नदिने हाकिमहरुलाई ह्याप्पी भ्यालेन्टाइनहाजिरकापी बोकेर कक्षा कोठातिर लम्कँदै गरेकाखैराती मास्टरहरुलाई ह्याप्पी भ्यालेन्टाइनफिलिम हल र सपिङ मलहरुलाई,क्याफे र तीनका सुरुप वेट्रेसहरुलाईठमेल चोकमा व्यग्र नजर ओछ्याएरप्रतीक्षारत अप्सराहरुका सस्पेन्स प्रेमीहरुलाईहाम्रा सहयात्राका साक्षीधुलाम्य साँघुरा सडकहरुलाईकानैमा बेकाम हर्न बजाउनेड्राइभर दाइहरुलाईपिठ्युँमा हातसम्म राखिहाल्नभ्याउने खलासी भाइहरुलाईमेरी प्रियसीको मुहार र बक्रहरुमाअपरिचितका अश्लील नजरवाणहरुलाईह्याप्पी भ्यालेन्टाइन ।
ह्याप्पी भ्यालेन्टाइनसमाजका साँघुरा आँखाहरुलाईछोराछोरीको प्रणयमा बिलकुल बेखबरअभिभावकका निश्चिन्त सुस्केराहरुलाईगेष्ट हाउसका गेष्ट लुट्न ढुकेरबसेका पुलिसका प्रवृत्तिहरुलाईघाम छेक्न उठेकातमाम हत्केलाहरुलाई ह्याप्पी भ्यालेन्टाइन
ह्याप्पी भ्यालेन्टाइनप्रेमसँग हारेका बाबा मस्त मौलाहरुलाई,प्रेमलाई हराएका खिर झाक्री र राजाहरुलाईयो हिउँदमा अच्चाक्ली जाडो भोबिना दुईका रुई र फुईहरुलाईबिर्सनै नहु्ने माक्स चक्की र सुईहरुलाईह्याप्पी भ्यालेन्टाइनभाइबर, वाट्स एप र मेसेन्जरहरुलाईएसेप्ट नभएका फ्रेन्ड रिक्वेस्टहरुलाईनभएका सिन र नआएका रिप्लाइहरुलाईखाएका ब्लक र भएका अनफ्रेन्डहरुलाईह्याप्पी भ्यालेन्टाइन
मुग्लिन नारायणघाट सडक अझै बनेननौबिसेको जाम अझै खुलेनप्रेमीहरु यता छुटे, प्रेमीकाहरु उता छुटेयो देशमा प्रेमको माहौल नै बनेनसरकार, ह्याप्पी भ्यालेन्टाइन
ह्याप्पी भ्यालेन्टाइन पोखरीमाहामफाल्न नसकेका पुरुषको कायरतालाईकान्छी खोज्दै हिँड्ने अतृप्त आत्माहरुलाईअनि प्यारी सुन्दरीको सुन्दरतालाईधन दौलत, पढाइ अनि कथित उसको सभ्य शहरलाईसगरमाथा भन्दा अग्ला अहमहरुलाईमात्तै गुज्रिगएका उसकायसपालिको भ्यालेन्टाइन डेलाईह्याप्पी भ्यालेन्टाइन, ह्याप्पी भ्यालेन्टाइन