एक समय रेडियो त्यति महत्वपूर्ण थियो जतिबेला रेडियो नेपालबाट आउने कार्यक्रम सुन्न गाउँले नै जम्मा हुनुपर्थ्यो । अहिले प्रविधिको विकाससँगै प्रत्येक स्थानीय तहमा सञ्चारमाध्यम छन् । सञ्चारमाध्यम धैरै भएपनि अहिले त्यसलाई दीर्घकालसम्म टिकाइराख्न भने हम्मेहम्मे पर्ने गरेको यथार्थ हामीमाझ जगजाहेर छ । यस्तै लामो समय रेडियोमै जीवन बिताउनुभएका जनता रेडियोमा कार्यरत प्रिय मिलनसँग गरिएको कुराकानी जनता समाचार डटकममाः
रेडियोको यात्रा कस्तो रह्यो ?रेडियो प्रवेश गर्दाको मेरा अनौठो कहानी छ । म सानै देखि रेडियो पारखी थिए । स्कुल जाँदा पनि रेडियो बोकेर जान्थे स्कुल सकिएपछि रेडियो सुन्दै घर फर्कन्थे । रेडियोमा बोल्ने मान्छे कस्ता हुन्छन्, यति सानो रेडियोमा मानिस कसरी छिर्दा हुन भन्ने लाग्थ्यो । यसमा बोल्न पाउँदा ठूलो मान्छे भइन्छ भन्ने लाग्थ्यो । पछि एसएलसी पास गरेपछि रेडियोमा जाने इच्छा हुँदाहुँदै पनि प्लस टु पढ्न थाले र रेडियोमा जाने अत्याधिक चाहनालाई पछि सारेँ ।
प्लस टु पास गर्ने वित्तिकै रेडियोमा बोल्ने रहर फेरि पलायो । नेपालगन्जमा एक हप्ते रेडियो तालिम थियो । त्यो तालिमबाट मलाई ‘सेलेक्सन’ गरियो । काम गरे पठाई अगाडी बढाउनुपर्ने भएकोले छोटो समयमा मलाई रेडियोको भूत मेटियो । मलाई रेडियोमा काम गर्न मन लागेन मैले रेडियोमा बोल्न छाडेँ । त्यसपछि म आइटी पढ्नका लागि भारतको मुम्बई शहर गएँ । मैले पेशा छाडेपनि रेडियो सुनिरहन्थे । आइटी पढ्न गएको मान्छे परीक्षा आउन केही महिना मात्र बाँकी थियो । तर विश्वविद्यालयले रजिस्ट्रेशन दिएन त्यसपछि म नेपाल फर्किए ।
नेपाल आएपछि व्यवस्थापन संकाय पढ्ने निधो गरियो । मेरो साथी पनि यही काठमाडौं बस्थ्यो । उसले मलाई रेडियोमा जागिर लगाइदियो । भूकम्पले रेडियो विस्तापित भयो । अब म निकै दोधारमा परे रेडियोमा मेरो करियर छैन भनेर रेडियोमा नलाग्ने बाचा गरेर कोरियन भाषा पढेँ, नाम पनि निकाले । कलेज पनि जानु नै थियो, पछि फेरि अर्को रेडियोमा अफर आयो, म त्यहाँ गए । काम गर्दै जाँदा मैले दिनमा ४ वटा कार्यक्रम सम्म गरेँ । पछि बिस्तारै रेडियोमा करियर छैन भन्दा भन्दै पनि म रेडियो पेशामै जोडिन पुगे । मेरो कोरिया जाने चाहना तुइयो ।
रेडियोमा मायाप्रेम भयो की नाई ?रेडियोमा काम गर्दा प्रेम प्रस्ताव पनि आयो । कार्यक्रम चालाउँदै थिए एक जना युवतीले मलाई कार्यक्रममै ‘म तिमीलाई माया गर्छु’ तिमीलाई पाउन जे पनि गर्छु भनेपछि मलाई अप्ठ्यारो प¥यो । कार्यक्रम चलाउँदै थिए । म अलमलमा परे ।
कलरसँग मायाप्रेम बसेर डेट जानुभएको छ कि छैन ?रेडियोका कार्यक्रम चलाउँथे, फोन धेरैको आउँथ्यो । कार्यक्रम सकिएपछि पनि फोन गरेर नम्बर माग्थे श्रोताहरु । श्रोताले नम्बर पत्ता लगाएर फोन गर्थे तर मैले त्यसलाई आफ्नो प्रोफेसनको रुपमा लिएको छु । मेरो प्रेम मेरो रेडियोमै काम गर्दा प्रेम बस्यो । फोन इन कार्यक्रममा फोन गर्ने स्रोता धेरै थिए । तर मेरा कलरसँग नभइ अन्य कुनै व्यक्तिसँग माया बस्न पुग्यो । तर भ्यालेन्टाइन भनेरै डेट चाहिँ गएको छैन ।
रेडियोमा युवापुस्तालाई कसरी जोडिराख्ने ?इन्टरनेटले विश्वलाई साघुँरो बनाएको छ, दुँनियालाई नजिक बनाएको छ । पहिले रेडियो मानिसका लागि प्रिय बन्थ्यो भने अहिले मोवाइल हातमा छ । सबै त्यँही पाइन्छ । त्यसैले रेडियो टिभीमा युवापुस्ताको आकर्षण कम छ । यसलाई बदल्न जनमुखी कार्यक्रम ल्याउनु आवश्यक छ ।