कथा
‘सुधा, माया साँच्चै अनौठौ रहेछ है, माया बसेका थाहा नै पाएनौँ हामीले, न हामीले एक अर्कालाई मन पराएको कुरा अभिव्यक्त नै गर्यौँ तर पनि माया निरन्तर गर्यौँ, अगाध गर्यौँ है ।’
पिरतीको मिठो तिर्सना..सकिँदैन चट्ट बिर्सन....‘ओहो उहिले राजेश हमाल कपाल हल्लाउँदै नाचेको गीत होइन भन्या यो त..अहिले त अर्कै जुल्फिवाला नाच्दै छ त...।’‘छोरीले आइप्याड के पठाइ दिएकी थिई, हजुरको दिन यस्तै हेरेर बित्ने भो हैन ? युटुबमा के के हेर्या हो के के यो उमेरमा छ्या...।’‘लौ के भन्या होला, भर्खर ५२ लागेको छु अहिले के को बूढा भा’को छु र ? यसो गीतहरु हेर्न मन लाग्ने उमेर अझै छ के ...।’‘उमेर पचपन, बेहोरा बचपन भनेको यही हो...।’बगैँचाका झारपात उखेल्दै माघ महिनाको पारिलो घाम ताप्दैछे सुधा । छेउमा श्रीमान् सुधीर बेतको कुर्सीमा बसेर आइप्याडमा गीत हेर्दे गफिँदै छ ।टोलछिमेकमा रसिलो जोडी भनेर उपमा पाएका सुधीर–सुधा छुट्टी र फुर्सदको समय यसरी नै बिताउँछन् । घरबाट कार्यलय जाँदा सँगै निस्कने उनीहरु साँझ सँगै घरमा छिर्छन् । प्रतिष्ठित बैंकमा जागिरे यो जोडीको ठूली छोरी अमेरिकामा होटल म्यानेजमेन्ट अर्की सानी भारतमा चार्टर्ड एकाउन्टिङ पढिरहेका छन् ।आज शनिबारका दिन बिदा । यी जोडी आफ्नो सानो संसारमा हराइरहेका छन् ।‘सुन्नुस् न फिल्म हेर्न नगएको धेरै भएन र भन्या, यो हप्ता त यस्तै भयो अर्को शनिबार जाउँ न है...।’‘भर्खर प्रेममा परेको केटीले जस्तो गरी भन्यौ त सुधा ...?’ सुधीरले व्यङग्य गर्दै भन्यो ।‘ओहो कत्ति न बूढी भए जस्तो लाग्यो कि क्या हो हजुरलाई ? २ वर्ष कान्छी पो छु त हजुर भन्दा...,’ सुधा जिस्कँदै गइन् ।‘उबेला फिल्म हेर्न गएका बेला देखादेख भा’को थियो है सुधा हाम्रो..?’‘हो त नि फिल्म नि याद छ मलाइ कर्ज...,’ सुधा सुधीरलाई हेरेर मुस्कुराइन् ।००००बिहानै सुधाकी आमाले खाना छोपेर राखिदिएको हुन्छु आएर खानु है भनेर मावलको पूजामा गएकी थिइन् । कलेजबाट फर्किएर सुधा लुगा फेरेर खाना खाँदै थिइन्, बैठकमा फोन बज्न थाल्यो । अल्छी मान्दै फोन उठाउन पुगिन् ।‘हेलो’‘हेलो म चन्दा के, ओइ सुन् आज फिल्म हेर्न जाने हो..?’‘कोही छैन घरमा...कसरी जानु ?’‘३–६को शो छ ऋषि कपुरको कर्ज फिल्म लागिरहेको छ, भ्याइन्छ मजाले, तेरो मम्मीलाई मेरोमा गएको भनेर भन्नु के लाटी..,’ चन्दा बर्बराइरहेकी थिइन् । कर्ज फिल्म भन्नेबितिकै के सोचेर हो कुन्नि सुधाले खुरुक्कै हुन्छ भनिन् । सुधा र चन्दा मिल्ने साथी । सँगै स्कुल पढेका तर कलेज चन्दाले साइन्स पढ्न अस्कल क्याम्पस गइन् । सुधा पद्मकन्यामा कमर्श पढ्दै थिइन् । सुधाको घर लाजिम्पाट, चन्दाको बालुवाटार । हतारमा खाना खाइवरी गुलाबी पञ्जाबी कुर्ता शुरुवाल लगाएर सुधा चन्दाको घरतिर लागिन् । दुवै २ बजे जयनेपाल हल पुगिसकेका थिए । हलमा भिड थियो, उनीहरुलाई टिकट काट्नै मुस्किल थियो ।‘अब हेरिस् नि फिल्म..,’ सुधा रिसाए जस्तो गरिन् ।‘किन रिसा’की के पख न केही आइडिया त लाग्ला नि..,’ चन्दा यता उति हेर्दै थिइन् ।‘हेल्लो चन्दा.,’ चन्दाको साथी भिडबाटै निस्कँदै आयो ।‘ओहो पवन तिमी पनि...।’‘फिल्म हेर्न आएका हौला है न.. टिकट लियौ त ?’‘नाइँ, यस्तो भिड छ...कसरी पाइएला र खै..,’ चन्दा बोलिरहिन् । सुधा मौन ।‘सुधा ऊ पवन है मेरो साथी तर एक ब्याज सिनियर । अनि उचाहिँ मेरो स्कुलदेखिको साथी सुधा चन्दाले पवन र सुधाको परिचय गराइदिइन् । एक अर्काले अभिवादनसहित हात हल्लाए ।‘टिकटको चिन्ता नगर तिमीहरु, यहाँको म्यानेजरलाई चिनेको छु । ४ जनाकै टिकट लिएर आउँछु है त.,’ पवनले वचन दिलायो ।
‘ए त्यसो पो हो, सुधाको बाले पल्टनबाट फोन गर्नुपिच्छे छोरीको चिन्ता गर्नुहुन्छ, एक्ली छोरी जो छे । राम्रो पढेकी छ भनेर भनिरा’की छु मैले पनि । राम्रो पढ्न पर्छ है नानीहरु,’ सुधाकी आमाले छोरीहरुमाथि विस्वास गरिहालिन् ।
सुधा र चन्दा एकअर्कालाई हेरेर मुस्कुराए । अब फिल्म हेर्न पाइने भयो भनेर दुवै ढुक्क थिए ।एकै छिनमा पवन अर्को एक जना युवकसँगै आइपुग्यो । पवनले सुधा र चन्दाको परिचय गरायो । अर्को युवकको नाम रहेछ सुधीर ।सुधीरको नजर अनायासै सुधामा पुगेर अड्किएको थियो । सुधा असजिलो मान्दै अन्तै हेरिरहेकी थिइन् ।‘अझै आधा घण्टा बाँकी छ ३ बज्न, चिसो पिउन भ्याइन्छ ल जाउँ पारी क्याफेमा.,’ पवनको आग्रहपछि चारै जना इन्द्रेणी क्याफे छिरेर ४ वटा कोक मगाएर पिउन थाले ।‘सुधीरजीको घर कता नि,’ चन्दाले प्वाक्कै प्रश्न गरिन् ।‘पोखरा, आइए सकिएपछि अलि दिन काठमाडौं घुम्न आएको ।’ सुधीरले जवाफ दिँदै थप्यो ‘तपाईंहरुबारे पनि केही जान्न सक्छु कि,’ लाग्थ्यो तपाईंहरु भने पनि सुधीर सुधाबारे जान्न चाहन्थ्यो ।‘तै केही बोल्छस् कि मैले नै सबै भनिदिनु पर्ने हो ?,’ चन्दाले सुधालाई कुहिनाले धकेल्दै भनिन् । सुधाको गालामा लाज रातो रंग पोखिएको प्रस्टै देखिन्थ्यो । सुधीर र पवन दुवैको नजर निकै चञ्चल देखिए ।म सुधा थापा..यति मात्र बोल्न सकी सुधाले । चन्दाले खित्का छोडेर हाँस्दै भनिन्, ‘धन्न यति भन्न सकी है, आइकम फष्ट इयर पढदैछे । हामी स्कुलदेखिको साथी हौँ । जहिले यस्तै हो बोल्न धकाउने ।’‘लौ अब त ३ बज्न आँट्यो है, अब जाउँ फिल्म छुट्छ फेरि..,’ सुधीरले यति भनेपछि उनीहरु उठेर हलतिर लागे ।सुधीर, पवन, चन्दा अनि सुधा लहरै बाल्कोनीमा बसेर फिल्म हेर्न थाले । सबैको ध्यान ऋषि कपुर, सिम्मी गरेवाल र टिना मुनिमलाई हेर्दै स्क्रिनमा इन्जोय गरिरहेका थिए । घरिघरी सुधीर सुधालाई हेरिरहेका हुन्थ्यो । इन्टरभलमा सुधीर गएर चिप्स र कोककोला लिएर आयो खाजा खाँदै फिल्ममा इन्जोय गरिरहे ।असार महिनाका दिन उसै त लामो । ६ बजे शो छुटेपछि पनि उज्यालै थियो ।‘फिल्म त खतरा रहेछ..,’ पवनको प्रतिक्रिया थियो हलबाट निस्किरहँदा ।‘मलाइ त टिना मुनिम एकदम मन पर्छ...,’ सुधीरको प्रतिक्रिया थियो ।‘मेरो पनि फेभरेट,’ सुधाले पनि फ्याट्टै भनिन् ।‘हाम्रो त सेम च्वाइस रहेछ,’ सुधीरले सुधालाई हेर्दै भन्यो । सुधा मुसुक्क हाँसिन् ।‘आफ्नो त सधैँ सिम्मी गरेवाल क्या अदा छ वाह,’ पवनले हाँस्दै भन्यो ।‘ल आज त साह्रै मज्जा आयो है, यसरी पनि भेट हुनु रै’छ, एकदम रमाइलो लाग्यो..,’ चन्दाले थपिन्, ‘अब त जानु पनि पर्छ है, साँझ पर्न आँटिसक्यो..।’‘अब फेरि भेट होला त..,’ सुधीरको प्रश्न ।‘पोखराको मान्छे काठमाडौं घुम्न आएका छौ यार, हाम्रो त पाहुनालाई सत्कार गर्ने चलन छ, एक दिन सँगै भक्तपुर घुम्न जाउँला नि, हुन्न चन्दा.,’ पवनले भन्यो ।‘भैहाल्छ नि, भक्तपुरे जुजु धौ मज्जाले खाउला है त,’ चन्दाले प्रस्ताव स्वीकार गरिन् ।‘तपाईं आउनुहुन्छ नि सुधाजी,’ सुधीरले चुपचाप सुधालाई सोधिहाल्यो ।‘खै थाहा छैन...ट्युसन पढ्ने बेला भएको छ, मम्मीले गाली गर्नु हुन्छ,’ सुधाले अक्मकाउँदै भनिन् ।‘यो यस्तै हो, म छु चिन्ता नगर,’ चन्दा कन्फिडेन्ट देखिइन् ।आउँदो शनिबार भक्तपुर घुम्न जाने सल्लाह गरेर चारैजना घरतर्फ लागे ।००००सुधालाई पुर्याउन चन्दा सुधाको घरसम्म गइन् । सुधाकी मम्मी भान्छामा हुनुहुँदोरहेछ ।‘हैन यी दुई कता गएको होला यसरी, पढेर नबसेर..,’ सुधा र चन्दालाई देखेपछि फत्फताउन थालिन् ।‘आन्टी, सुधाले एकाउन्टको ट्युसन पढ्ने सर भेट्न जाने भनेकी थिई, अस्तिी । हाम्रो घरनजिकै एक जना सर हुनुहुन्छ राम्रो पढाउने, उहाँकहाँ गएर आएको हौँ, सुधा अलि धकाउने बानीकी छे, त्यही भएर भेट्टाएर कुरा गरेको आज,’ चन्दाले कुरा बनाइहालिन् । सुधाले पनि थपिन्, ‘हो नि आमा, सर भेटेर कुरा गरेर आ’को, ग्रुप मिल्नेबित्तिकै खबर गर्छु भन्नु भाको छ ।’‘ए त्यसो पो हो, सुधाको बाले पल्टनबाट फोन गर्नुपिच्छे छोरीको चिन्ता गर्नुहुन्छ, एक्ली छोरी जो छे । राम्रो पढेकी छ भनेर भनिरा’की छु मैले पनि । राम्रो पढ्न पर्छ है नानीहरु,’ सुधाकी आमाले छोरीहरुमाथि विस्वास गरिहालिन् ।सुधाकी आमालाई फुरुक्कै पारेर चन्दा घरतिर लागिन् । सुधालाई कता कता मनमा ग्लानी महसुस भएको उनको अनुहारमा झल्कन्थ्यो । कोठामा गएर किताब पल्टाउन थाली ।००००बिहान ११ बजेतिरको समय कलेज सकिएर सुधा बागबजारको बाटो हुँदै निस्कँदै थिइन् ।‘हाइ सुधा ।’अचानक कसले बोलायो भनेर बाँयातिर हेरिन् । बाइक रोकेर सुधीर मुस्कुराइरहेको थियो ।‘ए तपाईं यता कता ?’ अम्मकिँदै सुधाले सोधिन् ।‘डिल्लीबजारतिर जाँदै थिएँ, तपाईंलाई देखेर बोलाइहालेका, आउनुस् म पु¥याइदिदिन्छु, ’सुधीरले साहस गर्यो ।‘यही अगाडि बस पाउँछ, गइहाल्छु नि,’ सुधाको आवाजमा धक सुनिन्थ्यो ।
‘पवन मात्र भएर के गर्नु त, तपाईं हुनुहुन्न नि, मलाइ अस्ति तपाईंसँग भेटेपछि कस्तो भएको छ, त्यही भएर फेरि एकपटक भेट्न पाए हुन्थ्यो जस्तो लागेकाले भोलि भक्तपुर जाउँ भनेको नि, यदि मैले धेरै बोलेको भए सरी,’ सुधीर बोलिरह्यो ।
‘किन धकाएको के, मैलै अन्तै लग्छु भनेर हो कि के हो..?’‘नाइँ त्यसो होइन..।’‘आउनुस् न त, तपाईंलाइ छाडेर डिल्लीबजार जाउला नि समय छ, मेरो ।’सुधा बाइकको पछाडि बसिन् । बिस्तारै सुधीर अगाडि बढ्यो । आफ्नै गतिमा बाइक बढिरह्यो । उनीहरुबीच कुनै गफ भएन । त्यो मौनता चिर्दै सुधीरले सोध्यो, ‘शनिबार आउन अब कति दिन बाँकी छ सुधाजी ?’‘आज बिहीबार हो, पर्सि हो शनिबार.।’‘भक्तपुर जाने होइन त पर्सि ?’खै, छोटो जवाफ थियो सुधाको ।‘तपाईं नजाने भए त भै’गो म’नि जादिनँ,’ सुधीरको यो वाक्यले सुधा अचम्ममा परिन् ।त्यसपछि दुवै केही बोलेनन् । भारतीय राजदूतावास वर पुगेपछि सुधाले रोक्न संकेत गरेपछि सुधीरले बाइक रोक्यो र भन्यो ।‘सुन्नु न, तपाईंको फोन नम्बर छ र अफ्ठेरो हुन्न भने दिन सक्नु हुन्छ प्लिज ?’सुधाले आफ्नो नजर उठाएर सुधीरलाई हेरिन् । सुधीर यतिबेला साँच्चै एक अबोध बालकजस्तै निश्चल देखिरहेकी थिइन् सुधा । ‘३७२८६७ ।’ यति भनिनसक्दै सुधा बाटो लागिन् ।‘थ्याङक्यु सुधा जी,’ सुधीरले सुस्तरी भन्यो । आँखाले देखुन्जेल हेरिरह्यो । दाहिनेपट्टि गल्लीमा छिरेपछि सुधा देखिन छाडिइन्, सुधीर फर्किए ।००००शुक्रबार साँझ बैठकमा फोन बजिरहेको थियो । सुधाकी आमा करेसाबाट कराउँदै थिइन्, ‘नानी फोन बजिरा’को छ, लौन उठाऊ, कान पनि सुन्दिनकी के हो यो केटी ?’एकाउन्ट प्राक्टिस गरिरहेकी सुधा फोन उठाइन् ।‘हेलो ।’‘हाइ, सुधाजी, म सुधीर ।’‘तपाईं ?’ सुधा यताउति हेर्न थालिन् ।‘किन डराउनु भएको, खान्छु कि क्या हो मैले ? के गर्दै हुनुहुन्छ ?’‘यसै नोट हेर्दै थिएँ ।’‘भोलि आउनुहुन्छ कि नाइँ भनेर, यदि तपाईं नआउने भए म पोखरा फर्कने सोचमा छु । यहाँ कति बस्नु अरु,’ सुधीरको कुराले सुधालाई कताकता खल्लो लाग्यो ।‘किन फर्कने भोलि नै,’ सुधा बोलिन् ।‘यहाँ को छ र सधैँ मलाइ समय दिने ?’‘पवनजी छ नि त,’ सुधाले भनिन् ।‘पवन मात्र भएर के गर्नु त, तपाईं हुनुहुन्न नि, मलाइ अस्ति तपाईंसँग भेटेपछि कस्तो भएको छ, त्यही भएर फेरि एकपटक भेट्न पाए हुन्थ्यो जस्तो लागेकाले भोलि भक्तपुर जाउँ भनेको नि, यदि मैले धेरै बोलेको भए सरी,’ सुधीर बोलिरह्यो ।सुधा बोल्नै सकिन । फोनको रिसिभर राखेर उनी मूर्ति झैँ स्थिर रहिन् ।‘सुधा, कस्को फोन रहेछ ?’ आमा भित्र छिरिन् ।‘चन्दा रै’छे, भोलि चन्दाको ममा घर भक्तपुर जाम भन्दैछे । उसको हजुरआमाले दही लिन बोलाउनु भाको छ रे ।’‘ए हो र भक्तपुरको दही त सारै मिठो पो हुन्छ त, खाएर धितै नमर्ने, यताको त सबै केके मिसा’को हुनै रै’छ खल्लो, जाने भए जा न त, हामीलाई नि लिएर आउनु किनेरै भए पनि ।’आमा, यति भनी नसक्दै, सुधाले फोन डायल गर्न थालिन् ।‘हेलो चन्दा, आमाले जानु भन्नु भयो, भोलि भक्तपुर कति बेला निस्कने हो, ए ११ बजे ल ल बसपार्कमा आउछु है त ।’सुधाको मुहारमा चहकता प्रस्टै देखिन्थ्यो ।००००बिहान ११ बजे रत्नपार्कमा भेटेका सुधा, सुधीर, पवन र चन्दा निकै हर्षित थिए । सुधीरको आफन्तले व्यवस्था गरिदिएको टोएटा कारमा ४ जना भक्तपुर हुइँकिदै थिए । अगाडि सिटमा पवन बसेको थियो । पछाडि सुधा र चन्दा, सुधीर आफैँ गाडी हाँकिरहेको थियो ।‘साँच्चै काठमाडौं अति सुन्दर छ,’ सुधीर यसो भनिरहदा मुस्कुराइ रहेको थियो ।‘काठमाडौं सुन्दरकी हाम्री सुधा सुन्दर, सुधीरजी,’ चन्दाले जिस्काइहाली । सुधाले चन्दालाई चिमोटी दिई ।‘एैया मोरी,’ सबै गलल हाँसे ।भक्तपुर पुगेर चारैजना खुब घुमे, दरबार स्क्वायरदेखि न्यापोतला, सिद्धपोखरी, बत्सलादेवी, चाँगुनारायण, दत्तातत्रेय मन्दिर । जुजु धौ खुब खाए । दिनभर भक्तपुर सँगै घुम्दा सबै निकै खुलेर घुलमिल भइसकेका थिए । बेलाबेला सुधीर सुधालाई जिस्काइरहन्थ्यो, सुधा लाजले रातै, चन्दा र पवन मरिमरी हाँस्थे ।फर्कने बेला दरबारस्क्वायरको एक पसलमा सुधीरले रातो भक्तपुरे ह्यान्डमेड खास्टो किनेर झोलामा हाल्यो ।‘कसका लागि उपहार हो यो ?’ पवन सुधीरलाई जिस्काउँदै थियो ।‘यहाँको चिनो लैजाउँ भनेर नि आउदो हिउँदमा ओढ्न काम लाग्छ,’ सुधीरले सुधालाई हेर्दै भन्यो ।‘होइन हाम्री सुधालाई त आँखैमा राख्या जस्तो छ त सुधीरजीले, मलाइ त अब साँच्चै केही खिचडी पाकिरा’को जस्तो लागिरा’को छ है,’ चन्दाले सबैतिर नजर लगाउँदै भनिन् ।के भो त, उ सिलवालको छोरो, उ थापाकी छोरी, कुलघरान जम्मै मिल्छ, यो भन्दा बढी मन मिल्या हो कि भन्ने मलाइ नि लागिराखेको छ,’ पवनले थप्यो ।‘होइन, यो त सुपर फाष्ट भएन र भन्या,’ चन्दाले शंका गरिन् ।‘जंग र लभमा सबै जायज हुन्छ भन्या’ थाहा छैन ?’ पवनले थप्यो ।सुधीर सुधालाई हेरिरहेको थियो । सुधा भूइँतिर हेरिरहेकी थिई ।‘ल है अब, जे जे गर्नु छ, आफैँ सल्लाह गर । हमीलाई बीचमा नपार, ल अब काठमाडौं फर्कनु पर्छ,’ चन्दा गाडीको अघिल्लो सिटमा बसिन् ।‘ल म ड्राइभ गर्छु फर्कँदा,’ पवन गाडी हाँक्न बस्यो । सुधीरले सुधालाई इशाराले गाडीमा बस्न भन्यो । दुवै पछाडि सिटमा बसे । गाडी बिस्तारै काठमाडौंतिर चिप्लिँदै थियो । क्रमश साँझ पर्दै थियो । सुधालाई घरनिर छाड्ने बेला एक कागज टुक्रा हातमा सुटुक्क दिएको थियो सुधीरले, आमाको लागि ल्याएको जुजु धौको कराई बोकेर सुधाले सबैलाई हात हल्लाई । सुधीरको नजर रसाइरका थिए ।भारी मन लिएर सुधा घरभित्र छिरिन् । आमा फोनमा बोल्दै थिइन् सुधाकी बासँग ।‘चिन्ता नलिनु के पढ्दै छे, त्यो जमदारको छोरा नभएर के भो र, हाम्री छोरी अशल छे, कर्णेल ज्वाइँ पाइन्छ पछि, तपाईं पल्टनमा आफ्नो ख्याल राख्नुहोला, यहाँ हामी एकदम ठीक छौँ ।’सुधा सरासर कोठामा पुगेर ढोकामा चुकुल लगाएर हतारमा सुधीरले दिएको कागजको टुक्रा खोल्न थालिन् ।‘सुधा, भोलि जाँदैछु, बिहान ७ बजे म रत्नपार्कमा तिमीलाई कुरिरहनेछु ।’त्यसरात सुधा रातभर ओल्टेकोल्टे फेरिरहिन् ।००००‘सुधा ए सुधा, ५ बजिसक्यो, क्याम्पस जाने बेला भएन, आज किन ढिलो सुतेकी यो,’ आमाको आवाजले झसंग भएकी सुधा हत्तपत्त उठेर त्यही गुलाबी पञ्जाबी कुर्था शुरुवाल लगाएर ब्याग बोकेर कलेज निस्किइन् ।‘आज खोइ त कलेजको सारी लगाएकी,’ आमाले पूजा गरेको टीका सुधाको निधारमा लगाइदिँदै भनिन् ।‘सारी लगाउन ढिलो हुन्छ के आमा, आज भुसुक्कै निदाएछु, कहिलेकहीँ आउट ड्रेसमा गए केही भन्दैनन् के कलेजमा,’ सुधा हतारिँदै निस्किन् ।टेम्पो चढेर हिँडेकी सुधा सिधै रत्नपार्क पुगेर झरिन् । यताउती हेरिन् सायद उनका नजरले सुधीर खोजिरहेका थिए । उनको मुटुका चाल बढिरहेको प्रतीत हुन्थ्यो । सायद पोखरा फर्कँदै गरेको सुधीरलाई बिदाई गर्न मनले मानिरहेको थिएन कि ।सुधा, उनी फरक्क पछाडि फर्किइन् पछाडि सुधीर उभिइरहेको थियो । बिहानको सिर्सिरे बतासले सुधाका केसराशीहरु क्रमशः सुस्त स्पर्श गरिरहेका थिए ।‘सुधा, म पोखरा जान लागेको ।’‘किन यति छिट्टै फर्कनु पर्छ र,’ सुधाका आँखा रसाइरहेका थिए ।‘मैलै मसँगै तिमीलाई जाउँ भने के गर्छौ,’ सुधीरका स्वर काँपिरहेका थिए ।सुधा केही बोल्नै सकिरहेको थिइन । अघिसम्म आँखाभरि भरिएका आँशुहरु अब डिलबाट तल निर्धक्क खसिरहेका थिए ।सुधीरले सुधाका हात बिस्तारै समातेर डो¥याउँदै अघि बढ्यो, अलि अगाडि रोकिराखेको टोयटा कारनिर पुगेर अडियो ऊ । कारको अगाडिको ढोका खोल्यो सुधा सिटमा बसिन् । सुधीरले पछाडि राखेको भक्तपुरे रातो खास्टो निकालेर अगाडि ड्राइभरको सिटमा बसेर सुधालाई ओढाइदियो र उनका बगिरहेको आशु पुछिदिँदै भन्यो, ‘सुधा, अब म तिमीलाई छाडेर जानै सक्दिनँ, आजबाट बाचुन्जेल हामी सँगै हुन्छौँ ।’सुधाले लामो सास फेरिन् । सुधीरले गाडी स्टार्ट गरे ।००००‘सुधा फिल्म हेर्न जाने भन्नेबितिकै पूरै अर्के संसारमा पुग्यौ त तिमी ?’सुधीरको आवाजले सुधा झसंग भइन् ।‘हरे म त कहाँ पुगेछु त, हाम्रो पहिलो भेटका दिनहरुमा पुगेछु,’ सुधा उठेर श्रीमान्सँगैको कुर्सीमा बस्ीिन् र थपिन्, ‘त्यो फिल्म, भक्तपुरको यात्रा, दही, भक्तपुरे रातो खास्टो, टोयटा कार ।’सुधीरले मुस्कुराउँदै थपे, ‘तिमीलाई भगाएर पोखरा ल्याएपछि, तिम्रो बाआमाले त पहिलो छोरी नजन्मेसम्म हामीलाई काठमाडौं बोलाउनु नै भएन है । आर्मीको रिस साह्रै कडा ।’
'सानैमा पढ्दै गरेकी छोरी भगाएर पनि ज्वा
इँले फेरी पढा
इ शुरु गराएर बैंकमा अफि
सर बनायो भनेर कति खुशी मेरो बाआमा, अहिले त मलाई भन्दा हजुरलाई धेरै माया गर्नु हुन्छ नि मेरो बाआमाल,'
सुधा मख्ख देखिइन् ।‘सानैमा पढ्दै गरेकी छोरी भगाएर पनि ज्वाइँले फेरि पढाइ शुरु गराएर बैंकमा अफिसर बनायो भनेर कति खुशी मेरो बाआमा, अहिले त मलाइ भन्दा धेरै माया हजुरलाई गर्नुहुन्छ नि मेरो बाआमाले,’ सुधा मख्ख देखिइन् ।
‘हो बाबा हो, भो डाह नगर अब, ए साँच्ची छोरीहरु यसपटक त सँगै छुट्टी मिलाएर दशैँमा आउने भनेका छन् । यसपालि दशैँ काठमाडौमा मनाउनु पर्छ है, पवन र चन्दा पनि जापानबाट सपरिवार नेपाल आउदैछन् ।’सुधाले सुधीरको पावरवाला चश्मा पुछिदिँदै भन्यो, ‘हुन्छ हजुरको कुरा न हिजो न आज कहिले नाइँ भनेकी छु र ?’‘सुधा, माया साँच्चै अनौठौ रहेछ है, माया बसेका थाहा नै पाएनौँ हामीले, न हामीले एक अर्कालाई मन पराएको कुरा अभिव्यक्त नै गर्यौँ तर पनि माया निरन्तर गर्यौँ, अगाध गर्यौँ है ।’‘ल–ल अब जाउँ एकछिन इभिनिङ वाक, धेरै मिठो कुरा नर्गनुस् फेरि लभ पर्ला ।’‘तिमीसँगै पर्ला नि हजार पटक, अँ, यो हप्ता फिल्म हेर्न जानु पर्छ है सुधा, नबिर्स ।’चिसो बिस्तारै हराउँदै छ । यतिखेर पोखराको मौसम एकदमै रोमान्टिक छ । जहाँ सुधीर–सुधाको रसिलो जोडी लेकसाइडमा टहलिरहेको छ । ००००