काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एकवर्ष भित्र आफूले गरेका कामको प्रगति विवरण प्रस्तुत गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक वर्षमा विकासको खाका कोरेको बताउनु भएको छ । भताभुङ्ग पारिएका संरचनाहरुलाई एकिकृत गरेर संस्थागत गर्न कडा परिश्रम रहेका उहाँको भनाइ छ । वित्तिय क्षेत्रमा भएको निराशालाई हटाउन आर्थिक क्षेत्रको सुधार गर्नेपट्टी सरकार लागेको प्रधानमन्त्री ओलीको दाबी छ ।
प्रदेश र स्थानीय तहलाई समपुरक बजेट उपलब्ध गराउने तर्फ सरकारले योजना ल्याएको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले ढल्नै लागेको अर्थतन्त्र र सुशासनलाई जोगाउन निकै चुनौति रहेको बताउनुभयो । प्रदेश तथा स्थानीय तहलाई सबल र सक्षम बनाउन १७ वटा कार्यविधि, मार्गदर्शन पठाइएको र बिस्तारै निम्न तह सबल बन्दै गएको उहाँको दाबी छ । प्रदेशस्तरमा हुने कार्ययोजनालाई न्यायोचित तुल्याउन कर्मचारी समायोजनको प्रक्रिया थालिएको छ । जटिल मानिएको कर्मचारी समायोजन एक वर्षभित्रै हुनु ठूलो उपलब्धी भएको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले लगानीको वातावरण तयार भएको छ, विभिन्न कालखण्डमा भएका सम्झौताका आधारमा नेपालमा लागानी भित्रिँदै छ ।’ भ्रष्टाचारमा शून्य सहनशिलता मुख्य नारा बनाएको सरकारले एक वर्षभित्र सो क्षेत्रमा उल्लेख्य प्रगति गरेको उहाँको भनाइ छ । चोरी, डकैती, हत्याका घटनामा कमी आएको छ । तस्करहरु पाखा लागेको उहाँको दाबी छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २२ घण्टा सञ्चालनमा आएको छ । त्यसको स्तरोन्नतीका लागि काम भइरहेको छ । विद्युतमा लोडसेडिङ घटेको छ । विभिन्न जलविद्युत आयोजनाले निर्माणको काम थालेका छन् ।
एक वर्षको समयमा परराष्ट्रनीतिमा सुधार आएको ओलीको भनाइ छ । केही मानिहरुलाई आश्चर्य पर्नु स्वभाविक रहेको बताउँदै उहाँले काम गर्ने व्यक्तिलाई अवरोध सिर्जना गर्नु यहाँको परम्परा भएको उहाँले ठोकुवा गर्नुभयो । छोटो समयमा भएको उल्लेख्य प्रगतिलाई आगामी दिनमा निरन्तरता दिँदै देशलाई आत्मनिर्भर बनाउने उहाँको दाबी छ । बेरोजगारी समस्या हल गर्न युवा स्वरोजगार कार्यक्रम लागू भएको भन्दै ओलीले यसको दीगो विकासमा सरकार प्रतिबद्ध रहने धारणा राख्नुभयो । पर्यटकको संख्या बढेको बताउँदै उहाँले नेपाल शान्ति मुलुकको हो भन्ने विश्वसामु चिनिएको उल्लेख गर्नुभयो ।
लाइभ हेर्न तल क्लिक गर्नुहोस्ः
https://45.77.241.73/janata-television-live-stream