मसालका तीन दर्जनबढी राँको ब्यारेकमाथिको अग्लो भागमा राखेर ठिक पछाडिबाट माओवादी सेनाले सरकारी फौजमाथि बमबारी गरे । सरकारी फौज राँको बलिरहेको तिर केन्द्रित भयाे । तर त्यहाँ माओवादी लडाकु नभएको सेनाले पत्तै पाएन ।
मुुलुकमा माओवादी आन्दोलन उत्कर्षमा पुगिरहेका बेला तत्कालिन माओवादीहरुको निशानामा पर्न अछाम पनि बाँकी रहेन । साँझपख खाना खाएर सुतिरहेको अवस्थामा जिल्लाको सुरक्षाको जिम्मा लिएका प्रमुख जिल्ला अधिकारीसहित १ सय ४९ जना सिपाहीको एकै चिहान बनाइयो ।
तत्कालिन सरकारले त्यतिबेलाको प्रमुख प्रतिपक्ष नेकपा(एमाले)को सहमति बिना घोषणा गरेको तीन महिने संकटकाल सकिनै लाग्दा अछाम घटना भएको थियो । खासगरी सरकारलाई भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको अनुयायी घोषणा गरेको माओवादी, सोही सरकारको घोषणालाई प्रतिपक्षमा रहेको कम्युनिस्ट पार्टीले समेत पछि समर्थन गरिदिँदा झन आक्रोशित बनेको थियो । हो, सोही आक्रोशको परिणाम हो– करिब डेढसय जनाको ज्यान लिनेगरी भएको अछाम घटना ।
युद्धमा सहभागि एक पूर्व लडाकुका अनुसार अछाम जिल्लाको सदरमुकाम मंगलसैन निकै भिरालो ठाउँमा रहेको र सोही भिरालोमा सेनाको क्याम्प रहेको थाहा पाएपछि माओवादीले सरकारसँगको आक्रोश अछाम जिल्लामा पोख्ने निधो ग¥यो । तत्कालिन शाही नेपाली सेनाको केवल ७० जनाको गुल्म भएको र लडाइँका लागि सहज हुने भएकाले लडाइँ सजिलै जितिने निष्कर्षका साथ करिब २ महिना अघिदेखि नै माओवादीको जनमुक्ति सेनाले सदरमुकामको सुक्ष्म रेकी थालेको थियो ।
मंगलसैन कब्जा गर्ने यस्तो थियो ‘ग्रान्ड डिजाइन’२०५८ साल मंसिर ६ गते माओवादी लडाकुहरुले सोलु र स्याङ्जामा भीषण आक्रमण गरेपछि तत्कालिन सरकारले त्यसको पाँच दिनपछि अर्थात् मंसिर ११ गते मुलुकभर संकटकाल घोषणा ग¥यो । अर्कोतिर संसदमा रहेको कम्युनिस्ट पार्टी नेकपा एमालेले पनि सरकारको घोषणालाई विराेध नगरिदिएपछि माओवादीहरुको आक्रोशको सीमा रहेन । त्यसपछि शुरु भयो माओवादीको देशव्यापी आन्दोलनको आँधिवेहरी सिर्जना गर्ने गुप्त योजना । यसैको सिलसिलामा संकटकाल घोषणा गरेको सरकारलाई गतिलो जवाफ दिन र कार्यकर्ता पंक्तिमा बढ्न सक्ने निराशालाई रोकेर उत्साह पैदा गर्न माओवादीले एउटा अर्को भीषण कारबाहीको योजना बुन्ने निधाे ग¥यो । जसका लागि माओवादीलाई कम सैन्य शक्ति भएको र जीतका लागि सहज जिल्ला छनोट गर्नुपर्ने भयो । यसरी खोजी गर्दैगर्दा उनीहरुको रोजाइमा प¥यो जम्मा ७० जना सैनिक भएको अछाम जिल्ला ।
अछाममा आक्रमण गर्ने निश्चय गरेपछि सबैभन्दा पहिले छिरे तत्कालिन जनसेना कमाण्डर नन्दबहादुर पुन ‘पासाङ’ । एक पूर्व लडाकुका अनुसार लडाइँको करिब एक महिनाअघि देखि मह र घ्यू बेच्ने एक बटुवाको भेषमा कमाण्डर पासाङले मंगलसैनस्थित सेनाको ब्यारेकको सम्पूर्ण रेकी गर्न शुरु गरे । ब्यारेकका गतिविधिहरुलाई सुक्ष्म नियाली सकेपछि पासाङकै योजनामा सेनाको ब्यारेक वरिपरी माओवादी महिला छापामारहरुले भट्टी पसल स्थापना गरे । भट्टी पसल र शाही सेनाको नाता केही दिनमै गहिराइमा पुगेपछि अब माओवादीले मंगलसैन आक्रमणको उपयुक्त दिन छनौट ग¥यो ।
माओवादीले फागुन महिनाको ३ गते अँधेरी रात सरकारी फौजका विरुद्ध बमबारीका लागि छनौट ग¥यो । मसालका तीन दर्जनबढी राँको ब्यारेकमाथिको अग्लो भागमा राखेर ठिक पछाडिबाट माओवादी सेनाले सरकारी फौजमाथि आक्रमण अघि बढाए । सरकारी फौज राँको बालिरहेको तिर केन्द्रित भयाे । तर त्यहाँ माओवादी लडाकु नभएको सेनाले पत्तै पाएन । भट्टी पसलसँगको सैनिक सामिप्यता र लडाइँको रहस्यमय योजना थाहै नपाउँदा सेनाले आफ्नो पुरा शक्तिमात्रै गुमाएन, आक्रमणमा प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री र पत्नीसहित मारिए राष्ट्रिय अनुसन्धानका निरीक्षक । क्याप्टेनसहित तत्कालीन शाही नेपाली सेनाको मंगलसेन गुल्म सखाप भयो । क्याप्टेनसहित ५३ सेना , ५९ प्रहरी निजामतीका दुई र सर्वसाधारण आठ गरी मंगलसेनमा एक सय २२ को ज्यान गएको थियो । त्यस्तै साँफेबगरमा भएकाे सोही रात काे आक्रमणबाट विमानस्थल सुरक्षामा खटिएका २७ जना प्रहरी समेत मारिए ।
आक्रमणपछिको सरकारी वेवास्ताआक्रमणबाट ऐतिहासिक अछाम दरबारसहित सम्पूर्ण सरकारी कार्यालय ध्वस्त भएका थिए । ध्वस्त बनेको करिब १७ वर्ष र पुनःनिर्माण शुरु भएको ११ बर्षसम्म पनि दरबार निर्माणको काम अधुरै छ । १७ बर्ष अघिको त्यस रातलाई सम्झँदै अछामबासी अहिले पनि भक्कानिन्छन् ।
भएभरका सरकारी संरचना ध्वस्त भएपछि अछाममा भएको भयावह मानवीय क्षतिको अहिलेसम्म सरकारी तवरबाट गतिलो व्यवस्थापन हुन सकेको देखिदैन । मंगलसैनका एक स्थानीय भन्छन्– ‘सबैभन्दा पीडाको बिषय सरकारी सम्पत्तिमात्रै होइन सर्वसाधारणको जायजेथा सबै गुम्यो । बैंकमा राखेको नगद र गरगहना सबै माओवादीले लुटेर लिए । नागरिकसँग जग्गा भए पनि प्रमाण रहेन । अछाम पूरै तहसनहस भयो । यो अवस्था अहिले पनि कायमै छ ।’
(नरेश न्यौपाने र खेम बमले तयार पारेको सामाग्री)