पार्टी र पार्टीका नेताहरु नयाँ सामन्त जस्ता भएका छन । जनसम्वाद परम्परालाई जनप्रतिनिधिले पूरै भुलेका छन् । पार्टीसँग र आम जनतासँग समेत कटेपछि त्यो प्रतिनिधि नवसामन्त भन्दा कसरी भिन्न हुन सक्छ ?
अहिले नेपाल बौद्धिक संकटले ग्रस्त छ । अर्थात् यसलाई सिद्धान्तको संकट पनि मान्न सकिन्छ । सत्तासीन दल र प्रतिपक्षदेखि ससाना दलसमेत सिद्धान्त चयन र धारणमा अल्मलमा छन् । जुन सिद्धान्त बोकेका छन् र त्यसमा पनि ढोंग, बनावटी र भर्जिनिटी कम छ । सिद्धान्त पहिचान, छनौट र धारण गर्ने कुरा लामो कठिन अभ्यास र लक्ष्य प्राप्तिसँग जोडिनु पर्छ, साधनाबिना असम्भवजस्तै हुन्छ तर यी सबै पाटोबाट दलका व्यवहार र क्रियाकलाप कैयौँ टाढा लाग्छन् ।
भर्खरै एकताबद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार, यसले लिने बाटो, सिद्धान्त र कार्यक्रममा सबैभन्दा बढी छलफल हुनु पर्ने हो । तर एकता भए पनि सिद्धान्त निर्माण र छलफलबाट भागिरहेको छ पार्र्टी । प्रतिपक्ष दल महाधिवेशनको संघारतिर छ तर यो पार्टीले अन्तरपार्टी सम्वाद परम्परा पक्रन र त्यसमा मथिएर उत्पन्न निष्कर्ष अंगीकार गर्न सकिरहेको छैन । समाजवाद सबैको नारा हुनु अस्वाभाविक भएन किनभने संविधानमै उल्लेख रहेकाले सबै दलले यसलाई स्वाभाविक नारा बनाउने छन् तर कस्तो समाजवाद ? बिपी कोइरालाले देखेको समाजवाद र पुष्पलालले त्यो बेला देखेको समाजवाद स्वरुप र सार भिन्न हुन सक्छ । यसमा सैद्धान्तिक तबरबाट छलफल आरम्भ नहुनु दुःखद हो ।
ठूला पार्टीमा जनसम्वाद, सहभागिता र सामाजिकता सबैभन्दा कमजोर भएको छ । यी पार्टीका कथित प्रशिक्षण, भेला, अधिवेशनमा अर्थात् बैठकमा समेत सम्वाद परम्परा सबै भन्दा निरीह छ । जुन चरित्रको कार्यक्रममा दोहोरो अन्तरक्रिया आवश्यक हुन्छ, त्यसका बनावट पनि एकोहोरो सञ्चार प्रणालीमा आधारित छन् । लाग्छ कि, त्यो पार्टीको नेतासँग सर्वव्यापी ज्ञान छ, त्यो सुन्न जानु, सुन्नु र घर फर्किनु त्यो पार्टीका कार्यकर्ताको कर्तव्य हो । दोहोरो सम्वाद र ज्ञानआदान प्रदानको विशाल महत्वतर्फ यी कुनै पनि पार्टी कमिटीले ध्यान दिएका छैनन् अर्थात् ध्यान दिइएको पनि छैन ।
पार्टी र पार्टीका नेताहरु नयाँ सामन्त जस्ता भएका छन । जनसम्वाद परम्परालाई जनप्रतिनिधिले पूरै भुलेका छन् । पार्टीसँग र आम जनतासँग समेत कटेपछि त्यो प्रतिनिधि नवसामन्त भन्दा कसरी भिन्न हुन सक्छ ?
ठूला पार्टीमा जनसम्वाद, सहभागिता र सामाजिकता सबैभन्दा कमजोर भएको छ । यी पार्टीका कथित प्रशिक्षण, भेला, अधिवेशनमा अर्थात् बैठकमा समेत सम्वाद परम्परा सबै भन्दा निरीह छ । जुन चरित्रको कार्यक्रममा दोहोरो अन्तरक्रिया आवश्यक हुन्छ, त्यसका बनावट पनि एकोहोरो सञ्चार प्रणालीमा आधारित छन् ।
बंगालमा जन्मेर भारतीय उपमहाद्वीपमै प्राज्ञिक व्यक्तित्वका रुपमा नाम लिइने अमत्र्य सेनले आफनो प्रसिद्ध कृति ‘आर्गुमेण्ट अफ इण्डियन’मा लोकतन्त्र बुझने सन्दर्भमा भएका अध्ययनको उल्लेख गरेका छन् । जेम्स वेकननले लोकतन्त्रलाई सम्वादद्वारा शासन गर्न आग्रह गरेका छन् । सहभागिताको यस दौरानमा निर्णय प्रक्रियाबाट नै मानिस जीवन मूल्यहरु परिवर्तन नै सम्भव छ । उनले लोकतन्त्रलाई मतदान वा चुनावको स्वतन्त्रताबाट अघि बढाएर कैयौँ गहिराइतिर रहेको जनसम्वाद र सहभागितापूर्ण लोकतन्त्रतिर लैजान आग्रह गरेका छन । सायद वामपन्थी पार्टीमा रहेको जनवाद र केन्द्रीयताको भूमरी र भाष्यबाट हेर्दा यो अझै महत्वपूर्ण र अर्थपूर्ण छ ।
प्रधानमन्त्री केपी ओलीका सम्बोधनहरु निकै रक्षात्मक र हिंसासहितको शब्दाडम्बरले भरिएका छन् । उनले सरकारको वचाउ गर्नु स्वाभाविक हो तर तथ्य पस्कँदाको अहमता त्यो पद र लोकतान्त्रिक संस्कारका हिसाबले सुहाउने विषय होइन । हामीले भोगिरहेका मुख्यमन्त्रीका भाषण सुन्दा लाग्छ, सरकार ठीक ठाउँमा छ, उनीहरुलाई कार्यकर्ताले विपक्षीका प्रहारलाई संगठित प्रतिवाद नगरेका मात्र हुन्, जसमा उनीहरुको मनमा खिन्नता छ । तर जनतालाई राज्य वा सरकार ठिक ठाउँमा भएको अनुभूति गराउने विधि के हो ? भन्ने कुरामा उहाँहरु चुकिरहनु भएको छ ।
चौथो शताब्दीको अन्ततिर एकपटक विश्व विजेता सिकन्दर महान विजययात्राका क्रममा उत्तर पश्चिमी भारतमा आएछन् । त्यहाँ शान्त समृद्ध जैन परम्परा थियो । जो बौद्ध परम्परा जस्तै संघ र जनसम्वाद परम्पराले अन्तरघुलित थियो । कैयौँ पटक सिकन्दर महानले जनसम्वाद परम्परामा चलेको राजनीतिक शिक्षाप्रद भाषण सुन्ने अवसर पाएछन् । त्यो बेला उनले सोधेछन्, ‘म जस्तो विश्व विजेतालाई पनि यहाँ किन वास्ता गरिएको छैन ? महत्व दिइएको छैन ?
त्यो बेला उनलाई यस्तो उत्तर दिइएको रहेछ साधकहरुबाट । ‘राजा सिकन्दर ! पृथ्वीमा प्रत्येक व्यक्तिले उति नै जमीन पाउने अधिकार देखाउँछ, जति उसका दुई पाउले ओगटेको छ । तपार्इं पनि हामी नै सरह मनुष्य हुनु हुन्छ । हो तपाईं सधैँ व्यस्त रहनुहुन्छ । आफ्नो र अन्य मानिसका हितका लागि केही न केही गडबड गरिरहनु भएको छ । संसार जितिरहेको तपार्इंलाई लागिरहेको छ । छिट्ट नै तपाईंको पनि मृत्यु हुने छ । त्यतिखेर तपाईंको अधिकार पनि त्यही दुई पाउले ओगटेको जमीनमै सीमित हुनेछ, जसको मुनि तपाईंलाई दबाइनेछ ।’
शासनव्यवस्था कसरी सञ्चालन गर्ने भन्ने थाहा पाउनु महत्वपूर्ण कुरा हो । सिकन्दर महानलाई बेवास्ता गरेजस्तै दुईतिहाईलाई बेवास्ता गर्ने अवस्था अहिले देखापर्ने खतरा अगाडि देखिएको छ । पार्टी कार्यकर्ता र जनताप्रति अहिले नेकपा नेता केपी ओलीको गुनासो छ । कार्यकतालार्ई अरिंगाल बन भन्दा साधु बनिरहेका छन् । प्रतिवाद गर भन्दा चुप लागिरहेका छन् । बलजफ्ती फेसबुक पेज रंगाए पनि जनतामा उमंग र उत्साह छैन । निजी क्षेत्र उत्पादनशील बन्न सकेको छैन । उत्पादक शक्ति निराश छ । विकास खर्च हुनसकेको छैन । भ्रष्टाचार बढिरहेको छ । सुशासनका मानक कमजोर भएका छन् । किन ?
बौद्ध धर्म ग्रन्थको सुत्रपिटकको अंगुत्तर निकायमा एउटा प्रसंग उल्लेख छ । यो निकायले कुनै पनि सामाजिक भ्रम, तथ्य, मिथ्यांकबाट कसरी बच्ने भन्नेमा राम्रो मार्गदर्शन गर्दछ । तथ्यलाई कतिवटा कसौटीमा राखेपछि मात्र सत्य मान्ने भन्ने उल्लेख छ । यो शिक्षण आलोचनात्मक र समीक्षात्मक चेत नजिक छ । एकदिन भगवान बुद्ध कौशल जनपदमा पुगे । बुद्धको कृति र यशबारे कौशलबासी जानकार थिए । उनीहरुले बुद्ध नजिक गएर सोधे, ‘हे भन्ते । श्रमण–ब्राह्मण उनीहरु आउँछन आफनो मतको प्रशंसा र अरुको मतको निन्दा गर्दछन् । अरुका मत निचा देखाउँछन । फेरि अर्का श्रमण ब्राह्मण आउँछन र त्यसै गर्छन् । हे भन्ते हामीलाई शंका हुन्छ कि कुन सत्य हुन कुन झुट ? हामी अल्मलमा भयौँ ।’
समस्या समाधान गर्दै बुद्ध भन्छन्, ‘हे कौशलवासी ! शंका गर्नु एकदम ठीक हो । शंकायुक्त व्यवहारमै शंका उत्पन्न हुन्छ । कुनै तथ्य यसकारण मान्न जरुरी छैन कि यो परम्परादेखि चलिआएको हो । प्राचीनकालदेखि कसैले यसको विरोध गरेको छैन । कुनै मतालम्बीको आकार ठूलो छ र आकर्षक छ । यसका आधारमा त्यो मतलाई सही मान्नु हुँदैन । बरु यसकारण स्वीकार्नु पर्दछ कि यो धर्म (कुशल) अनिन्दनीय छ । यसलाई अंगाल्दा यसको फल परिणाम लाभदायक र सर्वहितकारी छ ।’
प्रधानमन्त्री केपी ओलीका सम्बोधनहरु निकै रक्षात्मक र हिंसासहितको शब्दाडम्बरले भरिएका छन् । उनले सरकारको वचाउ गर्नु स्वाभाविक हो तर तथ्य पस्कँदाको अहमता त्यो पद र लोकतान्त्रिक संस्कारका हिसाबले सुहाउने विषय होइन । हामीले भोगिरहेका मुख्यमन्त्रीका भाषण सुन्दा लाग्छ, सरकार ठीक ठाउँमा छ, उनीहरुलाई कार्यकर्ताले विपक्षीका प्रहारलाई संगठित प्रतिवाद नगरेका मात्र हुन्, जसमा उनीहरुको मनमा खिन्नता छ । तर जनतालाई राज्य वा सरकार ठिक ठाउँमा भएको अनुभूति गराउने विधि के हो ? भन्ने कुरामा उहाँहरु चुकिरहनु भएको छ ।
म हाम्रा नेकपा कार्यकर्ता हुन् वा कांग्रेसका सबै मतालम्बीहरु र विचार समूह, गुट वा अन्य राजनीतिक समूह समर्थकलाई पनि बुद्धको यो विचारधारा वा दृष्टिकोणलाई आधार बनाएर विश्लेषण गरेर धारणा बनाउन अनुरोध गर्छु । यही आलोचनात्मक दृष्टिकोण हो । जाँचेर हेर्ने । निन्दायुक्त व्यवहारबाट जोगिने । आफूलाई आलोचना गर्नेलाई पार्टी विभाजन गर्न लागेको भनेर आरोप लगाइहाल्ने, भित्र पनि नसहने बाहिरको आलोचना पनि नसहने चरित्र तानाशाह र सामन्तको मात्र हुन्छ । लोकतन्त्रवादी नेताको हुँदैन । यसर्थ जनता र कार्यकर्ताले आफूलाई आलोचनात्मक दृष्टिकोण बनाएर नेता तथा नेतृत्वलाई बुझ्ने तथा पार्टी र शासनपद्धतिमा जनसम्वाद परम्परालाई अंगीकार गर्न दबाब दिने कुरा महत्वपूर्ण छ ।