काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ, कुनै विषय विज्ञको भिजन पढिरहेका छौँ, आठ कक्षामा अध्ययनरत बाल मष्तिष्कमा यस्तो ज्ञान कसरी भण्डारण भयो ? हामी चकित पनि पर्नेछौँ ।सरकार बरोजगार युवालाई रोजगारी सुनिश्चितता गर्ने र नसके निर्वाह भत्ता वितरण गर्ने निर्णय कार्यान्वयन गराउँदैछ । तामझामसहित प्रधानमन्त्री रोजगार कोष सञ्चालनमा ल्याइएको छ । बेरोजगार युवालाई भत्ता व्यवस्था गर्ने निणर्यसँगै यसका पक्ष र विपक्षमा देशव्यापीरुपमा टीकाटिप्पणी भइरहेका छन् । यही सन्दर्भमा ८ कक्षा पढिरहेका भरत श्रेष्ठको सुझाव परिपक्व, शालिन र तर्कसंगत देखिन्छ ।
उनले अंग्रेजीमा लेखेको चिठीमा भनिएको छ, ‘बेरोजगार भत्ता दिँदा खर्च हुन आउने ३ अर्ब रुपैयाँ ३ वटा क्षेत्रमा उचित उपयोग गरियोस् ।’
१. प्राविधिक र आविष्कार क्षेत्र२. कृषि क्षेत्र३. व्यापार व्यवसाय क्षेत्र
हामी आधुनिक सभ्यताको युगमा बाँचिरहेका छौँ । प्रविधि र विकास एउटै सिक्काका दुई पाटोजस्ता भएका छन् । प्रविधि, व्यापार–व्यवसाय र कृषि क्षेत्र हेर्ने हो भने देश छिमेकी देशभन्दा धेरै पिछडिएको छ । सरकारले बेरोजगार युवालाई भत्ता व्यवस्था गर्दैछ भन्ने समाचार पढेको थिएँ । यो आफैँमा पूर्णरुपमा गलत निर्णय त होइन । तर यो प्रणाली लागु भए अधिकांशको ध्यान जागिर खानेतर्फ विमुख हुने खतरा देखिन्छ । भत्ता पाउनेमा निस्क्रिय सोच हावी हुनेछ र उनीहरु सोच्नेछन्, ‘पैसा सरकारले दिइहाल्छ, जागिरको झन्झट किन लिनु ?’ तसर्थ, यो निर्णय बेरोजगार, घरेलु अपराधजस्ता समस्याको दीर्घकालिन समाधानमा व्यवहारिक लाग्दैन । यो निर्णयले समस्या तत्कालका लागि समाधान त गर्ला तर राज्यको अर्थतन्त्रमा कुनै टेवा पुग्ने देखिँदैन । न त अनुभूति गर्न सकिने कुनै परिवर्तन नै आउने देखिन्छ । बरु यसले हाम्रो कर र दैनिक आयमै ह्रास ल्याउने देखिन्छ ।
सरकारले खर्चका लागि प्रस्तावित गरेको ३ अर्ब रुपैयाँ माथि उल्लिखित ३ क्षेत्रमा प्राथमिकताका साथ उपयोग गर्न सक्यो भने एक वर्षभित्रै बेरोजगारी समस्या र समग्र राष्ट्रको अर्थतन्त्रमा सुधार आउनसक्छ । यदि हामीले यी ३ क्षेत्र (प्रविधि र आविष्कार, कृषि, व्यापार–व्यवसाय) विकास गर्न सक्यौँ भने छिमेकी देशसँगको निर्भरता सदाका लागि सकिनेछ । सबैले भन्ने गर्छन्, हाम्रो देश कृषिप्रधान देश हो तर बिडम्वना हामी आधारभूत खाद्यान्न पनि अन्य यदेशबाट आयात गरिरहेका छौँ । यो लाजमर्दो यथार्थबारे सबै नेपाली जानकार छौँ । हामी तुलनात्मक रुपमा प्रविधि, व्यापार र उद्योगधन्दाका हिसाबले त झन धेरै पछाडि छौँ । हामी यी तीनवटै क्षेत्रमा आत्मनिर्भर हुनेबित्तिकै अन्य देशले हाम्रो देशबारे गलत प्रचारबाजी गर्ने आँट गर्नेछैनन् । तसर्थ, सम्माननीय प्रधानमन्त्रीज्यूलाई मेरो अनुरोध छ, यो विधि अपनाउनुहोस्, ‘समृद्ध नेपाल सुखी नेपाली’ को अवधारणाले बस्तुगत आकार पाउनेछ ।
धन्यवाद सर, जेहोस्, आज गर्वका साथ हामी नेपाली हौँ भनेर बाँच्न पाएका छौँ । तर अझै पनि हामी भारतनिर्भर छौँ । भारत र भारतीय सेनालाई कमजोर पार्न हाम्रो आउँदो पिँढीका युवालाई आवश्यक सम्पूर्ण सेवा सुविधा प्रदान गरिनुपर्छ । हाम्रा युवालाई भारतीय सेनामा भर्ति हुन बन्द गर्नुपर्छ । सम्माननीय प्रधानमन्त्रीज्यू, हाम्रो देशको सिमा खुला छ । हामीलाई अपठ्यारो पर्दा सुरक्षा दिने कोही हुँदैनन्, हामीले अरुलाई किन सुरक्षा दिने ? ३ वटा क्षेत्रमा लगानी गरी विकास गर्न सके आउँदा केही वर्षपछि हाम्रो देश एसियामा नयाँ विकसित राष्ट्रका रुपमा उदय हुनेछ ।
-जोसेफ शाहीले तयार पारेको सामाग्री
अँग्रेजी भाषामा लेखिएको चिठीः
2075/11/7
Phikal Sindhuli Nepal.
Honourable PM.
Master. K.P Oli.
Sub: proper utilization of Rs. 3000000000. in the field of three basic sector.
1) Technical and invention sector,
2) Agricultural sector,
3) Business and trade sector.
Honourable PM Oli
The age which we are living is the age of modern civilization. The technology and development has became a two parts of the same coin. If we see in the content of technical ,business or even though in agriculture sector we are very much backwards compared to our neighboring countries. I read a news about that government is providing unemployment allowance. But the decision isn't absolutely wrong. If this system started in the country then no body will look after job. Government is there to provide us money for earning lives. Therefore this decision must not adopted to solve the problem of unemployment, domestic crime,to improve the present economical conditions of the nations. It just solve the problem but doesn't creates any others change in the nation. It will decrease our tax ,vat,any daily income of the country. If affects badly to some essential points due to which government is going on. If Rs. 300000000. Is invest in three above sector than all the people will be employed and the economical status of the nation will change even though in a year. 1.8./.bhatta. If this three sector developed then our dependence on neighboring countries will be ended for forever. We must develop this three sector equally. Every one says that Nepal is an agricultural country but basic crops are also import from different part of the world. Its a shame less facts to all the Nepali. So in the technical and trade sector too our nation is still backwards compared to other nation having possibility of industrialization. When these three sector get the way of development then no nations of the world can raise terrible voice to Nepal. About more than 1400 youth leave country in a day. But if these sector equally invest Rs. 1000000000 in each sector then we can very good result. So honourable PM I request you to adopt this methods to achieve or to complete your aims that, {SAMRIDHA NEPAL SHUKHI NEPALI}.
Thank you sir so much that today we can live with a proudly that we are Nepalese. Now we are interdependent upon India. To weaken india and Indian military we must provide all the facilities to the upcoming youth. We must not send our soldiers to India. Respect ,honourable pm our country boarder is opened. There is no one to protect ourselves then why we are protecting of others. So if these three sector get the way of development then we will be new country of the Asia which developed in a few years.
Bharat Shrestha
Level:8. Age:14
Sindhuli Nepal.