नेतृत्वको आचरण, क्षमता, सोच वा इच्छाशक्ति लोकतान्त्रिक छ वा सामन्तवादी उसका अभिव्यक्ति र व्यवहारले प्रष्ट पार्दछ । जब नेतृत्व वा सरकारले जनभावना विपरीत आफ्नाे अहंकार र जिद्दीपन जनताको चाहना भन्दछ । समयको पदचाप ख्यालै नगरी काल्पनिक सुखको आत्मरतिमा रमाउँदछ ।
लोकतन्त्रको दूरदृष्टिजहानियाँ अत्याचारको दुष्चक्रमा थिचिएर १०४ वर्ष निकै कष्टपूर्ण यात्रागर्भबाट २००७ मा जन्मिएको कठै ¤ मेरो ‘प्रजातन्त्र ।’ जन्मपछि नेपालको विकास र जनताको समृद्धि गर्छु भनी कम्मर कसेर लागेको थियो । विभिन्न राजनीति पार्टीका विभिन्न आयामबाट बनेको यो प्रजातन्त्र सबैको आशा र भरोसा केन्द्र थियो । यो हुर्कँदै र बढ्दै गर्दा विभिन्न वाद र सिद्धान्तका जामा पहि¥याएर राजनीतिक पार्टीहरुले आफ्नो इशारामा नचाउन खोजे । जनता र राष्ट्रको उज्ज्वल भविष्यका लागि केही गर्छु भन्ने प्रजातन्त्रलाई विभिन्न वाद र सिद्धान्तका जामाले बेढंगी बनाइदियो । प्रजातन्त्र जनताका हक र अधिकारका लागि थियो, नेताको निहित स्वार्थका लागि थिएन । प्रजातन्त्र गाउँ, समाज र क्षेत्रको समग्र र समुचित विकासका लागि थियो, सीमित नेताको आर्थिक उन्नतिका लागि थिएन । राष्ट्रिय ढुकुटी समाज निर्माणका लागि सामूहिक स्वामित्वको हुनुपर्दछ भन्ने वकालतका लागि थियो, सीमित नेताका आलिशान महल निर्माणका लागि थिएन । वास्तवमा प्रजातन्त्र आर्थिक, सामाजिक र राजनीतिक विभेद र असमानताले फाटेको समाज र बस्तीमा भ्रातृत्व र भाइचारा ल्याउन थियो फुट र विग्रहका लागि थिएन । त्यसैले प्रजातन्त्रको मर्म र राजनीतिक पार्टीको स्वार्थका टकरावले यो बेढंगी बनेको थियो । यस्तो ढुलमुलिएको प्रजातन्त्रलाई राजनीतिक पार्टी र नेतृत्वले निहित स्वार्थका लागि लछारपछार गर्दा राजतन्त्रात्मक अपहरणकारीबाट प्रजातन्त्र अपहरण भयो । देश अन्धकारमय भयो, चारैतिर हाहाकार मच्चियो र सन्नाटा छायो । यही अन्धकारमा प्रजातन्त्र हरायो । कठैः मेरो प्रजातन्त्र ।
तीसौं वर्षको कष्टपूर्ण प्रयासपछि प्रजातन्त्रलाई अपहरणकारीको पञ्जाबाट थुत्न जनता सफल भए । देश, जनता र समाजको समुन्नतिका लागि विभिन्न राजनीतिक दलहरुले आफ्नो लोकतान्त्रिक अधिकार प्राप्त गरे । सबैलाई आशा थियो कि अब देशको सुन्दर भविष्य राजनीतिक पार्टीहरुबाट निर्माण हुनेछ । दुर्गम र विकट गाउँबस्तीमा यातायातको सुविधा पुग्नेछ । परिवार पाल्न विदेशमा दास हुनुपर्ने छैन । श्रमका लागि रोजगार, कलकारखाना र व्यवसाय हुनेछ । शिक्षा र स्वास्थ्यमा सबैको सरल पहुँच पुग्ने छ । समाजमा विभेद, विसंगति र कुरीति अन्त्य हुनेछ । सामाजिक, प्रशासनिक तथा न्यायिक भ्रष्टाचार अन्त्य हुनेछ । जनसेवा र राष्ट्र सेवा नै राजनीतिज्ञको कर्म हुनेछ । शिक्षित, दक्ष र क्षमतावान व्यक्तिबाट राज्य सञ्चालन हुनेछ आदि इत्यादि । तर राजनीतिक नेतृत्वले विगतबाट सिकेर देश, जनता र समाजप्रति उदारता, समर्पण र दूरदृष्टि देखाउन सकेनन् । जनताको खबरदारी र सुझावलाई बेवास्ता गरियो । फैसला नियम र कानुन किनबेचबाट हुन थाल्यो । पैसा हुनेका लागि अदालत चौतारी भयो, पैसा नहुनेका लागि अदालत बर्बादीको सुली भयो । घुमाउरा नियम र उपनियम बनाएर राष्ट्रिय बजेट पोल्टामा पार्ने काम भयो । शिक्षा र स्वास्थ्य धन आर्जन गर्ने थलो बन्यो । बेथिति र विकृतिले प्रजातन्त्रमा ऐजेरुका झाङ पलाए । राजनीति उत्तम समाज सेवा नभएर पेशाका रुपमा मौलायो । सार्वभौम जनताका आस्था र निष्ठा कुल्चने काम भयो । अन्त्यमा प्रजातन्त्र राजतन्त्रात्मक अपहरणकारीको जिम्मा आफैँले लगाए । कठैः मेरो लोकतन्त्र ।
सामन्तवादी आवरणआन्दोलनका दौरान राजनीतिक पार्टी र नेतृत्वमा राष्ट्र र जनताप्रति जिम्मेवारी पलाएको अनुभव हुन थाल्यो । जनसागरको उभारमा पुनःप्राप्त प्रजातन्त्रलाई ‘लोकतन्त्र’ भनियो । जब सत्ता सञ्चालनको अवस्था आयो अनि उनीहरुको व्यवहार र शैलीमा पुरानो आचरण र व्यवहार पुनरावृत्ति भयो । जनता र राष्ट्र बिर्सने काम भयो । लोकको हितका लागि लोकतन्त्र भएन, भ्रष्ट र कमिशनखोरका लागि लोकतन्त्र भयो । जनताको बलिदान र उत्सर्गबाट प्राप्त उपलब्धी नेतृत्व र सरकारबाट कुरुप बनाउन थालियो ।
सायद, लोकतन्त्रको आवरणमा लुप्त रहेका सामन्ती चिन्न निकै कठीन हुन्छ । जब उनीहरु निर्वाचनका माध्यमबाट सत्ता र शक्तिमा पुग्दछन तब उनीहरुको आचरण र व्यवहारबाट लोकतन्त्रवादी हुन् वा सामन्तवादी, परीक्षण गर्न सकिन्छ । किनकी लोकतन्त्रप्रतिको निष्ठा र आदर्श निर्वाचन प्रणाली उनीहरुको प्रयोगको थलो बन्दछ । नेतृत्व र सरकारलाई त्यो प्रणालीबाट अलग्याएर कसैले पनि त्यस्तो सोच्न सक्दैन । जब बीसौँ तीसौँ वर्षसम्म पनि लोकतान्त्रिक प्रणालीबाट जनहित, सेवासुविधा र राष्ट्रको समुचित विकास हुँदैन भने सोच्न बाध्य हुनुपर्दछ । नेतृत्वको आचरण, क्षमता, सोच वा इच्छाशक्ति लोकतान्त्रिक छ वा सामन्तवादी उसका अभिव्यक्ति र व्यवहारले प्रष्ट पार्दछ । जब नेतृत्व वा सरकारले जनभावना विपरीत आफ्नाे अहंकार र जिद्दीपन जनताको चाहना भन्दछ । समयको पदचाप ख्यालै नगरी काल्पनिक सुखको आत्मरतिमा रमाउँदछ । राष्ट्रप्रतिको जवाफदेहिता, उत्तरदायित्व र इमानदारितामा चुक्न पुग्दछ । समाजमा रहेका वर्ग, समुदाय र क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा कुहिएको फर्सी झैँ गल्दछ । जनताले तिरेको करको नुनिलो चटाई आफ्नो सेवा र सुविधा सम्झन्छ भने त्यहाँ सामन्तवादी नेतृत्व र प्रणाली विकास भएको ठहर्दछ । सामन्तवादका अवशेष नदेख्ने हाम्रो नेतृत्व आज सयौँ रोपनी जग्गाको मालिक, अर्बौँका घर, करोडौँका गाडी र लाखौँका मोबाइल बोक्ने भएका छन् । के यो सामन्ती रवैया होइन ? गरिब जनताले दिएको अभिमत नेतृत्वलाई जागिर खान र अर्बौँ कमाउन पक्कै होइन । बलात्कृत नारी जिउँदै जल्दा, खुलेआम भ्रष्टाचार हुँदा, नक्कली नागरिकता र शैक्षिक प्रमाणपत्र बोकेर इमानको धज्जी उडाउँदा, अपराधी उम्कदा, राष्ट्रिय ठेक्का प्राप्त विभिन्न निर्माण व्यवसायीबाट रकम हिनामिना गरी विकास निर्माणका काम नगर्दा कुनै कारबाही नगर्ने सत्ता वा प्रणाली कुन वादीको हो ? तसर्थ लोकतान्त्रिक पृष्ठिभूमिबाट निर्माण भएको राजनीतिक नेतृत्व अन्ततः सामन्तवादी चरित्रमा रुपान्तरण भएको प्रष्ट हुन्छ ।अनि जनताको अभिमत लत्याएर लोकतन्त्रको बखान गर्दै सामन्तवाद नभएको भनिँदै छ । नेतृत्वले कमाएको सयौँ रोपनी जग्गा, करोडौँ सम्पत्ति, सुकिला कोट, जुत्ता र टोपीले सामन्तवाद नभएको हो वा गाउँ, बस्ती र समाजमा बसोबास गर्ने नेपालीको मुहारमा उज्यालो ल्याउन सकेर नभएको हो । वर्तमान अवस्थाले के भनिरहेको छ सबैलाई जगजाहेरै छ । तसर्थ राजनीतिज्ञको आचरण, व्यवहार र शैलीमा सामन्तवाद देख्न सकिन्छ ।
सत्तास्वार्थका लागि जनताको चाहना र राष्ट्रको भविष्य अन्धकार बनाइएको छ । जनताका नेता भनाउँदा र सरकारका मन्त्री तलब, भत्ता, सेवा र सुविधामा निर्लज्ज लिप्त भएका छन् । आफ्नो कर्तव्य र दायित्व बिर्सिएर राज्यको ढुकुटी दोहन गरिरहेका छन् । सेवा र सुविधाबाट वञ्चित भएर थिलथिलिएका गाउँ र बस्तीमा चुनावपछि कुनै नेता फर्किएको अवस्था छैन । अहंकार, असक्षमता र कमजोर इच्छाशक्ति भएकाबाट तीसौँ वर्षसम्म पनि नेतृत्व र सरकार ओगट्ने कुन लोकतन्त्र हो ? लोकतन्त्रको आवरणमा मौलाएको लोकतान्त्रिक सामन्तवाद अहिलेको वास्तविक अवस्था हो । यसको अन्त्यविना लोकतन्त्रको जगमा देशले विकासको गति लिने छैन । नेतृत्वको दृष्टि र लोकतन्त्रको उद्देश्य पृथ्वीका दुई ध्रुव जस्तो देख्दा भन्न मन लाग्छ, कठैः मेरो लोकतन्त्र ।
सत्तास्वार्थका लागि जनताको चाहना र राष्ट्रको भविष्य अन्धकार बनाइएको छ । जनताका नेता भनाउँदा र सरकारका मन्त्री तलब, भत्ता, सेवा र सुविधामा निर्लज्ज लिप्त भएका छन् । आफ्नो कर्तव्य र दायित्व बिर्सिएर राज्यको ढुकुटी दोहन गरिरहेका छन् ।