रोजन तामाङकाभ्रे । विभिन्न देशमा रोजगारी गरेर फर्किएका काभ्रेली युवाहरुको सक्रियतामा काभ्रे जिल्लामा रिटर्नी माइग्रेंट काभ्रे जिल्ला समिति गठन गरिएको छ । वैदेशिक रोजगारमा गएर फर्केका काभ्रेली युवाहरुको भेलाबाट जिल्ला समिति गठन गरिएको हो । प्रवासबाट आर्जित सीप, ज्ञान र पुँजी स्वदेशमै लगानी गर्ने उद्देश्यले यो समिति गठन गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का संसाद लक्ष्मण लम्सालले युवाहरुले विदेशमा सिकेको सीपलाई अब स्वदेशमै लगाउन जिल्ला कार्यसमितिले विशेष भुमिका खेल्नुपर्ने बताउनुभयो । वैदेशिक रोजगार राज्यको समेत एजेण्डा हो, सांसद लम्सालले भने, ‘विदेशमा जाने जति पनि नेपालीहरुको समस्याहरु समाधान गर्न आफू सदैव तयार रहने छुँ ।’ रोजगारमा रहेका युवाहरुलाई धेरै समस्या देखिएको छ त्यस्ता समस्या चुनौतिहरुको बिषयमा राज्यले युवाहरुको पक्षमा बोल्नुपर्ने संसाद लम्सालले बताउनुभयो ।
कार्यक्रममा पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले वैदेशिक रोजगारबाट फर्किएका युवाहरु मिलेर प्रवासमा सिकेको सीप ज्ञान र पुँजी स्वदेशमै प्रयोग गर्न सक्ने गरी जिल्ला समिति बनेकोमा खुुसी व्यक्त गरेका छन् । रिटर्नी माइग्रेंट नेपालका केन्द्रीय अध्यक्ष उत्तम अधिकारीले अब विदेशवाट फर्किएका युवाहरु संगठित रुपमा रोजगार बन्न सहयोग पुग्ने बताउनुभयो । आम वैदेशिक रोजगारमा रहेका युवाहरुको आवाजलाई एकता बनाउनको लागि जिल्ला कार्यसमिति बनाइएको दिनेश बजगाँइले बताउनुभयो ।
शनिबार भएको भेलाले पनौतीका दिनेश बजगाँइको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पुष्पा बञ्जारा, सचिव रामशरण दाहाल, कोषाध्यक्ष उद्धवप्रसाद तिमल्सिना, सदस्य राजन सापकोटा, रमेश तिमल्सिना, राधिका तिमल्सिना, बुद्धिमान बिक, गोविन्दप्रसाद चौलागाई, बुद्ध श्रेष्ठ, रमेश तिमल्सिना रहेका छन् ।