गायक पशुपति शर्माले बजारमा ल्याएको नयाँ गीत बारे विभिन्न बहसहरु भइरहँदा सत्तारुढ नेकपाको भातृसंगठन युवा संघ नेपालका नेताहरुको मत पनि बाँझिएको छ । शर्माको गीतबारे यति धेरै छलफल गर्न आवश्यक नरहेको बताउने संघका महासचिव नरेश शाहीले जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा गरेको कुराकानीको सम्पादित अंशः–
- गायक पशुपति शर्माको गितलाई लिएर युवासंघमा फरक फरक बुझाई देखियो, किन यस्तो भएको ?
यस गीतबारे पक्ष विपक्षमा जे जस्ता बहस भइरहेका छन् यसरी प्रस्तुती हुने कुरा नेपाली समाजको स्वभाव र प्रवृत्ती नै हो भन्ने लाग्छ । हाम्रा बीचमा पनि यस्तै स्वभावहरु प्रकट भएका हुन भन्ने लाग्छ । एकजना अनुजा बानियाँ भन्ने महिलाले मैले ९० लाख रुपैयाँ पाएँ र बुझाएँ भन्दा हतार हतारमा मुलुकको राष्ट्रपतिले नै बधाई दिएको हामी सबैलाई अवगत नै छ । त्यसकारण नेपाली समाजको प्रवृत्ति कागले कान लियो भन्दा कान छाम्ने होईन की कागको पछि दगुर्ने स्वभावको भएकाले यस्ता बुझाईहरु देखिनु स्वभाविकै हो जस्तो लाग्छ ।
- तर तपाईंहरुको अध्यक्षले भनेको कुरा त पत्याउनुपर्ला नि ? सत्यता के हो त उसो भए ?
युवासंघले त्यस गीतबारे विज्ञप्ती निकाल्यो भनेर जुन प्रचार गरिएको छ, त्यसमा सत्यता छैैन । हाम्रो संगठनको आधिकारीक हस्ताक्षर र लेटरहेडमा कुनैपनि विज्ञप्ती आएको छैन । यो मिडियाले गरेको एक किसिमको प्रचारबाजी पनि हो । त्यसैले मिडियामा आएजसरी पशुपति शर्माको गीतलाई युवासंघले प्रतिबन्ध लगाउनुपर्यो वा थ्रेट गर्यो भनेर जुन भ्रमहरु छरिएका छन् त्यसमा कुनै सत्यता छैन । सत्य पनि यही हो । जुन पत्रकार साथिहरुले युवासंघको विज्ञप्ती भनेर जुन कागज देखाउँदै हुनुहुन्छ , त्यसमा कुनै आधिकारीक व्यक्तिको हस्ताक्षर देख्नुभएको छ ? त्यस्तो त छैन नि ।
- पशुपति शर्माको गीतले अहिलेको सरकारलाई नै अप्ठ्यारो पार्ने गरी गीत ल्याए भनिँदै छ नि ?
मेरो विचारमा गायकका खासगरी ३ वटा शव्दमा आपत्ति हो भन्ने लाग्छ । तर त्यो गीत नेकपा र सरकार प्रति भन्दा पनि नेपालको सम्पूर्ण राजनैतिक अवस्थामाथिको व्यंग्य हो भन्ने मेरो बुझाई छ । समाजलाई सचेत बनाउने साहित्यको स्वभाव पनि हो । नेकपा र सरकारलाई गाली गरेको होईन भनेर गायक स्वयंले पनि स्विकार्नुभएकै छ । र हामै्र अध्यक्षले पनि धम्की दिएको र प्रतिबन्ध लगाउने भनेको पनि त छैन नि ।
- तपाईंहरुको आधिकारीक वेवसाइटमा अध्यक्षले देशैभरीका कार्यकर्तालालाई त्यो गीत नसुन्नु र बहिस्कार गर्नुपर्छ भनेर बकाइदा लेख्नुभएको र बोल्नुभएको देखिन्छ नि ?
हाम्रा आधिकारीक पेजहरुमा कतैपनि त्यस्तो लेखिएको छैन । आजभोलिका अनाधिकृत पेजहरु कसले बनाउँछ, कसले लेख्छ र बोल्छ भन्नेबारे त्यति चाँसो पनि दिनुहुँदैन । तर यदि कुनै युवासंघको नेता वा कार्यकर्ताले बोलेको कुरालाई सरकासँग जोडिन्छ भने त्यो नियतवश हो भन्ने लाग्छ ।
- तपाइलाई चाहीँ त्यो गीत व्यक्तिगत रुपमा कस्तो लागिरहेको छ ?
म यस्तो गीतहरु त खासै सुन्दिन तर धेरै बहस भइसकेपछि बुझौं न त भनेर सुनियो । मैले सुन्दा त्यो गीत भित्र नेपाली समाजलाई पाच्य नहुन सक्ने मुख्य तीन विषय गायकले नबोलिदिए हुन्थ्यो कि भन्ने लाग्यो । जस्तो उहाँले कार्यकताहरु कुकुर जस्तो भुक्छन् ।
https://youtu.be/AeDdUznMXKU?t=130