काठमाडौं । मिस्टर एण्ड मिस आईकन प्रतियोगिता अन्तर्गत मिस आईकन–२०१९ को उपाधी सपना भण्डारीले जितेकी छन् । त्यस्तै मिस्टर आईकनको–२०१९ को उपाधि बिनायक पाेखरेलले जितेका छन् । एक भव्य समारोहका बिच आईतबार मिस्टर एण्ड मिस आईकन–२०१९ का बिजेता घोषणा गरिएको हो ।
जनता टेलिभिजन र बाटिका इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति मिष्टर एन्ड मिस नेपाल आइकन २०१९ तर्फ क्रमसः अलिशा शंकर द्वतिय र साधना खड्का तृतिय स्थान ओगट्न सफल भएकी छन् । त्यस्तै मिस्टर आईकन तर्फ माैसम भट्टराई द्वतिय र मुकेश कडेल तृतिय स्थान स्थान ओगट्न सफल भएका छन् । बिजेताद्धयले ५०–५० हजार नगदसहित ४० इन्चको स्मार्ट टेलिभिजन, पेन्टागन कलेजमा बिएसडब्लुमा पूर्ण छात्रवृतिसहित विभिन्न उपहार प्राप्त गरेका छन् । यसै वर्ष मलेसियामा हुने अन्तराष्ट्रिय स्तरको प्याजेन्टमा बिजेताद्धयले सहभागी हुने अवसर प्राप्त गर्ने बाटिका इन्टरटेन्मेन्टकी अध्यक्ष गोमा अधिकारी धितालले जानकारी दिइन् ।
प्रतियोगितामा विभिन्न १७ क्याटगोरीमा सबटाइटल अवार्ड बितरण गरिएको थियो । जसमा मिष्टर एन्ड मिस बेष्ट स्कीन बिबेक शाह, लेखिना राई, मिष्टर एन्ड मिस बेष्ट हेयर गौरब बिडारी, सोफि राई, मिष्टर एन्ड मिस ट्यालेन्ट मुकेश कडेँल, अलिशा शंकर, मिष्टर एन्ड मिस इन्टेलिजेन्ट तथा पब्लिक स्पिकीङ मुकेश कडेँल, निरुता अधिकारी, मिष्टर एन्ड मिस डिसिप्लिन नारायण रिजाल, सुजाता अमगाई, मिष्टर एन्ड मिस बेष्ट स्माइल मुकेश कंडेँल, लक्ष्मि ढँुगाना, मिष्टर एन्ड मिस चार्मिङ मौसम भटराई, सपना भन्डारी, मिष्टर एन्ड मिस पर्सनालिटी बिनायक पोखरेल, एलिशा शंकर, मिष्टर एन्ड मिस पँङचुवल उपेन्द्र अधिकारी, सुजाता अमगाई, मिष्टर फिजिक्स उपेन्द्र अधिकारी, मिस फिगर सपना भन्डारी, मिष्टर एन्ड मिस स्टाइलीस राजाराम शाह, सपना भन्डारी, मिष्टर एन्ड मिस बेष्ट ड्रेस मुकेश कँडेल, सिमरन देबकोटा, मिष्टर एन्ड मिस फेसनेवल आशिष कार्कि, कामना पौडेल, मिष्टर एन्ड मिस सोसल मिडिया मौसम भटराई, साधना खड्का, मिष्टर एन्ड मिस फोटोजेनिक बिनायक पोखरेल र सपना भन्डारीले प्राप्त गरेका छन् ।
असोजदेखि विभिन्न चरणको तालिम प्रदान गरेर फागुन १२ गते ग्रान्ड फिनाले भएको मिष्टर एन्ड मिस नेपाल आइकन २०१९ को लागि मिस नेपाल २०१७ निकिता चान्डक, मिष्टर नेपाल २०१६ गणेश अग्रवाल, इन्टरनेसनल इभेन्ट अर्गनाइजर तथा कलाकार अभिसेक कपुर, कलाकार सनि रौनियार, मिष्टर एसएलसी २०१७ मनिस अधिकारी, समाजसेवी रेनु श्रेष्ठ निर्णयक मन्डलमा रहेका थिए । प्रतियोगिताको लागि मिस नेपाल २००० उषा खड्गीको करियोग्राफी र टिना बिकको सहायक करियोग्राफी रहेको थियो । मनोज ढुँगाना, स्याम धिताल, राकेश खत्रिको इभेन्ट म्यनेजमेन्ट रहेको थियो । होटल मल्लमा भएको कार्यक्रममा हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपती, जनता टेलिभिजनका प्रमुख कार्यकारी निर्देशक डा. रमेश पौडेल, वरिष्ठ पत्रकार पोषणकेसीसहितका अथितिहरुको सहभागिता रहेको थियो