विकल्प खोज्ने हो भने जे पनि पाइन्छ । मन र दिमागले सोच्ने हो भने दिमागले नै बढी सोचिरहेको हुन्छ । सोच्न त सायद मनले सोच्नुपर्ने हो । अरुले के सोच्छ भन्ने हरेकले सोचिरहेका हुन्छन् । कसैलाई फुर्सद हुन्छ र ? परिवर्तन त आफूबाट नै हुनुपर्छ, हामी कस्तो छौँ ऐनामा हेर्दा थाहा हुन्छ किनकी हामी खुसी हुँदा मात्र ऐना खुसी हुन्छ हामीले जो दियौं अरुले पनि त्यहीँ दिन्छ र खुसी आफ्नो लागि मात्रै सोचे मान्छे अत्यन्त दुःखी हुन्छ ।
हरेक कुरामा बोल्नु नै पर्छ भन्ने हुँदैन समयले नै बोलाइरहेको हुन्छ किनकी समयलाई आफ्नो महत्व राम्रोसँग थाहा हुन्छ र सधैँ निरन्तर चलिरहेको हुन्छ । न कसैलाई दोष दिन्छ न कसैलाई होच्याउँछ । उ निरन्तर चलिरहेको हुन्छ महान बन्न । देखाउन गाह्रो हुन्छ होला तर आफू जस्तो छ, त्यस्तो रहनु सायद महानता हो किनकी नराम्रो कुरा परिवर्तन गर्नुपर्छ ।
सोचले अरुले गर्न नसकेको काम गर्छ भने रिसले गर्न नहुने काम गर्छ । गल्तीलाई हाँसेर सुध्रिने प्रयास गरे राम्रो हुन्छ । नसम्झिए ठूलो भएपछि उग्र रुप लिन्छ । मान्छेको दिमागले नसम्झेको कुरा मनले सम्झिरहेको हुन्छ । मबाट हुने परिवर्तन आफैँले गरे पो हामी गर्न सक्छौँ अरुले त बाटो औँल्याइदिने हो । पूरा बाटो आफैँले हिँड्नुपर्छ ।
अरुको वशमा त केही पनि हुँदैन । दुनियाँलाई दोष दिनुभन्दा आफूले गरेको कुराले एकदमै महत्व हुन्छ, गुलियो घस्न भन्ने भन्दा नि राम्रा गरेको व्यवहारलाई बुझ्न जरुरी हुन्छ, किनकी म र उ मा फरक होइन । सोचमा फरक हुनुपर्दछ । मान्छे आफैँबाट परिवर्तन हुनुपर्छ ।
अरुमा परिवर्तन खोज्नु भन्दा पहिला आफूमा परिवर्तन हुनुपर्छ । शब्दले लेखेका कुराले भन्दा पनि व्यवहारिक कुरा महत्वपूर्ण हुन्छ, आफूले गरेको गल्ती नदेख्ने र अरुको तिललाई पहाड बनाउने बानीले होला सायद मान्छे मान्छेबीचको फाटो आएको हुन्छ । अरुले गरेका राम्रो कुरा नहेर्नु नै गल्ती हो, मेरो इज्जत छ भन्नेले अरुको इज्जत हेर्दैनन् । आमाको भूमिका हेर्ने हो भने महानता कस्तो हुन्छ ? तीतो पनि मीठो हुन्छ तर समय लाग्छ छुट्याउनलाई, यति मात्र परक हो । परिवर्तनकाे कुरा गर्दा म आफूलाई फोकस गर्छु, हरेकले केही सिकाइरहेको हुन्छ । राम्रो र नराम्रो कुरा त आफूमा भर पर्छ । आफूले आफूलाई चिन्न गाह्राे हुन्छ, अरुबारे त कसरी थाहा हुन्छ ? आफूबाट हुन नसकेका कुरा अरुबाट हुन्छ कि भनेर आशा मान्ने बाहेक केही हुँदैन ।