खेम बम/तस्बिरः बसन्त लिम्बुकाठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेखोलामा बुधबार दुर्घटनाग्रस्त बन्यो । एकाएक खबर फैलियो मन्त्री सवार हेलिकप्टर दुर्घटना भयो भनेर । कसैले शकुसल भएको खबर दिए त कसैले सम्पर्कविहीन भएको बताए । राज्यका सबै सयन्त्र मन्त्री अधिकारी सवार विमानको फलोअपमा केन्द्रीत बने अन्ततः अप्रिय खबर आयो रवीन्द्र अधिकारी यो संसारमा रहनुभएन ।
हेलिकप्टरमा सवार पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशक धुर्व भोछिभिया, उपनिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको समेत घटनास्थलमै मृत्यु भएकोखबर एकैपटक तरङ्गित बन्यो ।
केही समय लगत्तै ताप्लेजुङको पाथिभरा नजिक एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना भएको र त्यसमा सवार सबैको मृत्यु भएको गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले पुष्टि गर्नुभयो । मुलुकमा एकैपटक सान्नाटा छायो ।
कलसाइन एएमआई (अल्फा माइक इन्डिया)को हेलिकप्टर काठमाडौंबाट बुधबार बिहान साढे ८ बजे उडेको थियो । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो ।
त्यहाँको सबै कार्यक्रम सिध्याएर पाथीभारा मन्दिर दर्शन गर्न गएका पर्यटनमन्त्री अधिकारीको टोलीले चिया खाएर फर्केका थिए । पाथिभारा पुजारीका अनुसार उहाँहरुलाई बढी चिसो महसुस भएपछि हेलिकप्टरभित्रै चिया पु¥याइएको थियो ।
हतार छ भन्दै मन्त्री अधिकारीको टोली त्यहाँबाट हिडेको थियो । एक मिनेट बित्न नपाउँदै ठूलो आवाज आयो, त्यहाँ हेलिकप्टर दुर्घटना भएछ । ठूलो आवाजसहित आगो बलेको सूचना आएपछि प्रहरी र स्थानीयवासी दुर्घटनास्थलतर्फ लागेका थिए ।
दुर्घटनास्थल निकै अप्ठ्यारो ठाउँमा भएकाले नेपाली सेना, प्रहरी र स्थानीयबासीलाई उद्दारका लागि निकै समस्या भएको थियो ।
लगातारको वर्षपछि परिरहेका हिउँका कारण उद्दारमा समस्या भयो । उद्दार टोलीले बुधबार रातीसम्म तीन शवलाई मात्रै सुकेटार विमानस्थलमा पु¥याएको थियो । बाँकी ४ शवलाई कुर्दै नेपाली सेनाले दुर्घटनास्थलमा पहरेदारी ग¥यो । लगातार परिरहेको हिउँलाई टट्क्याउँदै ओत लाग्ने ठाउँ नै नपाएर उनीहरुले बुधबारको रात काटेका थिए ।
बिहिबार बिहानमात्रै सेनाको हेलिकप्टर घटनास्थलमा पुग्यो र डोरीको सहायताले शवलाई एकिकृत गरेर सुकेटार विमानस्थल ल्याइएको थियो ।
बिहानैदेखिको प्रतिकुल मौसमका कारण शव काठमाडौं ल्याउन निकै सकस भएको थियो । मौसमलाई छिचोल्दै करिब बिहिबार दिउँसो १ बजे शव काठमाडौं ल्याइ पु¥याइएको थियो । शवलाई विमानस्थलबाट शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो । पर्यटनमन्त्री रविन्द्र अधिकारी र उहाँका अंगरक्षक अर्जुन गुरुङको शवको पहिचान भएको छ ।
अन्य पाँच जनाको डिएनए गर्नुपर्ने चिकित्सकले बताएका छन् ।