कविता
–आरोही मादेन
नसोध मलाइ किकिन प्रश्न गरिनँ तिमीसँगतिमीले छोडेर जानुमा
किनकी,यो कुरासँग म पनि निःशब्द थिएँ
कि म भन्दा राम्रोप्रेमको हकदार हो तिमी
यसरी म हजारौँ शब्दमातिम्रो तारिफ गरुँ,त्यो पनि कम लाग्छ
सायदयो दुनियाँमा कुनै शब्दै छैनजो तिम्रो तारिफ गर्न सकूँ !
तिमीलाई याद त छ होलात्यो सुन्दर पलत्यो लुकिछुपी गरेको भेटघाटअनि त्यही पुरानो कसम र वाचा
आशा छकि दोहोर्याउने छैनौकुनै अर्को प्रेमसँग यस्तो भुल
यसरी त जिन्दगी धेरै लामो छतर हाम्रो सम्बन्धको आयु कम थियो
थाहा थिएनकि प्रेम गर्दा यति विघ्न भारी हुन्छ भन्नेआधी बाटोमै साथ छोड्नु पर्छ भन्ने
रोज्दिनँ थिए यो प्रेमको बाटोयदि थाहा हुन्थ्यो भनेकि यो टुक्रिएको मुटुकोसहारामा जिउनु पर्छ भन्ने
याद तिम्रो हरेक दिन आउँछतर हर काममा दखल दिएर जान्छअब यो दखल अन्दाजसित पनिप्रेम छ मलाइ
किनकीमसँग सिर्फ तिम्रो याद बाँकी छ
केही कुरो तिम्रोमलाइ याद आउँछमेरो आँखालाई रसाइदिएर जान्छआफ्नो हाल सुनाउन कोही छैन
वशअनुहारमा मुस्कान छअनि जिन्दगी यसरी नैअगाडि बढ्दै जाँदैछ
खुला छ यो अँगालोफर्केर आउनु जब याद आउँछ मेरोनसम्झ गलत मलाइआज पनि हुँ तिम्रो ।