खेम बम काठमाडौं । डोटेली समाज काठमाडौंले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बानेश्वरस्थित रत्नराज्य माविमा भएको रक्तदानमा १ सय १० जनाले रगत दिएका छन् ।
डोटेली समाज काठमाडौंका अध्यक्ष जगदिश केसीको अध्यक्षता सम्पन्न कार्यक्रम सचिव लक्ष्मण मलासी सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै डोटेली समाज काठमाडौंका कोषाध्यक्ष टेक बमले डोटीबाट विभिन्न समस्या लिएर आएकहरुलाई सहयोग गर्दै आएको बताउनुभयो । कोषाध्यक्ष बमका अनुसार समाजले डोटी जिल्लाबाट आउने बिरामीहरुलाई आर्थिक सहयोग, रगत सहयोग तथा आवश्यक विभिन्न सहयोग सहयोग उपलब्ध गराइरहेको छ । यसअघि डोटेली समाजले विभिन्न समयमा रक्तदान कार्यक्रम तथा रचनात्मक कार्यक्रम गर्दै आएको छ ।
बृहत रक्तदान कार्यक्रममा प्रमुख अतिथि स्वयंसेवक रक्तदाता प्रेमसागर कर्माचार्य, अतिथिहरू पूर्वमन्त्री भक्तबहादुर बलायर, पूर्वसभासद हर्कबहादुर सिंह, सशस्त्र प्रहरी बलका डीआईजी तथा प्रवक्ता सुरजकुमार श्रेष्ठ, नेपाल सरकारका पूर्व सचिवहरु श्रीमान श्रेष्ठ, गोविन्द पाण्डे, नेपाल सरकारका उच्चपदस्थ पूर्व तथा वर्तमान कर्मचारीहरू, पूर्व प्रहरी प्रशासकहरू, कथा बाचक हरीशरण महाराज, नेपाल रेडक्रस सोसाईटीका प्राविधिक तथा प्रतिनिधिहरू, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, शिक्षक, बिद्यार्थी, पत्रकार, सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा मुटुको भल्व फेरि शहिद गंगालाल अस्पताल काठमाडौंमा उपचार गरिरहनु भएका डोटीको शिखर नगरपालिका–११, मल्लिसाल निवासी डिलबहादुर भुललाई डोटेली समाज काठमाडौंद्वारा १४ हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो ।