काठमाडौं । सोमबार नव निर्मित आवसीय भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ । सर्वोदय सेवा आश्रमको आयोजनामा महाशिवरात्रीकाे अवसरमा गुरूङले भवन उदघाटन गर्नुभएको हो ।
निर्वाचन क्षेत्रविकास कार्यक्रमबाट ४० लाख सहयाेग र स्थानीयकाे ४ लाख ६४ हजार जनरश्रमदान गरि ४४ लाख ६४ हजारमा ६ कोठे आवासीय भवन निर्माण गरिएको थियाे ।
कार्यक्रममा मु्ख्यमन्त्री गुरुङले 'राज्यले सम्बोधन गर्नुपर्ने मानवीय सेवा जनस्तरबाट शुरु गर्नु महान कार्य भएको बताउनुभयो । यस्ता कार्य राज्यका तर्फबाट गरिनुपर्दछ त्यसमा प्रदेश सरकारले गम्भीरता पूर्वक सहयोग गर्छ ।'
कार्यक्रममा गण्डकी प्रदेश प्रमुख सचेतक मायानाथ अधिकारी , संविधान सभा सदस्य जमिन्द्रमान घले राईनास नगरपालिकाका नगर प्रमुख सिंहबहादुर थापा लगायतले बोल्नुभएको थियो ।
उक्त्र कार्यक्रममा सर्वोदयलाई सहयोग गर्ने सहयोगीदाताहरूलाई सम्मान गरिएको थियो । सेवामहामणी सम्मान सुकदेव रिसाललाई ,दानरत्न सम्मान दिनेश र अनिता मैनालीलाई , भूदानवीर सम्मान जीवन श्रेष्ठलाई, निर्माणसेवा सम्मान बद्रिमान श्रेष्ठलाई , सेवा सम्मान सुर्यमान श्रेष्ठलाई, हेमन्त श्रेष्ठलाई ,गोपिनी घले र निर्मल घले प्रदान गरिएकाे थियाे ।
साेही अवसरमा स्रिजंग गण उदिपुर ब्यारेकलाई ,प्राविधिक रविन चोख्याल , मणि चौलागाईं , रन्जु पाण्डेलाई सम्मान गरिएको थियो । जगदिश्वर पोखरेल , लक्ष्मि प्रसाद मिस्र , दामोदर दिपकलाई सिर्जना सेवा सम्मान , स्वर्गीय पशुपतिनाथ न्यौपानेलाई मरणोपरान्त जेष्ठनागरिक सेवा सम्मान गरिएको थियो ।