सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालीका वड नं ७ का विशम्भर लामीछाने पेशााले कानुन ब्यवसायी हुनु हो । २०१८ साल बैशाख ६ गते बाबु तारनाथ तथाआमा हरीप्रीया लामीछानेको कोखबाट जन्मीनु भएको उहाँ तिन दाजु भाई मध्यका कान्छा भाई हुनु हो ।
०४८ सालमा एउटा रुखको जरालाई दिब्य दृष्टिले हेर्दा आँफुले त्यसलाई जरायोको टाउको देखेर जराको कला बनाउन थालेको लामीछाने बताउनु हुन्छ । ३० वर्ष अगाडी एउटा रुखको जरालाई आफुले जरायोको टाउको बनाएर सुरु गरेको आफ्नो मन भित्रको कलाअहिले संग्राहलय बनेको छ, सिन्धुली आउने सबै आन्तरीक पर्यटकहरु आफ्नो घरमा आएर आफ्नो कला हेरी फर्कदा अहिले धेरै खुसी लागेको छ ।”
माक्र्सबादी दर्शनमा कम्युनिष्ट नेता लोककृष्ण भट्टराईबाट अभिपे्ररीत भई माक्र्सवादी सहित्यमा लागेको बताउनु हुन्छ । आँफु समाजसास्त्रको विद्यार्थी भएका कारण प्रकृती र प्रकृतीले दिएका सबै चिजमा समाज देख्ने गरेको उहाँको भनाइ छ ।
देशमा एउटै मात्र जरा बुट्टा कला संग्राहलयको स्थापना गरेर लामीछाने देश कै उदाहरणिय बन्नु भएको छ । उहाँ आँफु कला र साहित्यको अनुरागी भएकै कारण आफ्नो श्रीमतीले हरेक काममा सहयोग गर्ने गरेको र श्रीमती प्रसिद्धा शर्माले समेत नेपाली साहित्यीक यात्रामा केहि श्रृजना पस्कि सकेको बताउनु हुन्छ । २०४७ सालको परीवर्तन संगै आफ्रनो मनमा आएको कला, ०४८ देखी निरन्तर रुखका जरामा उतार्दै आउनु भएको उहाँ प्रकृती र प्रकृतीमा भए गरेका परीवर्तन नै यो कलाको प्रेरणाको श्रोत भएको बताउनु हुन्छ ।
लामीछानेले कमलामाई नगरपालीकालाई आफुले आफ्नो कला सहितको संग्राहलय हस्तान्तरण गर्न इच्छा भएपनि नगरपालिकाले वास्ता नगरेका कारण नभएको उहाँ बताउनु हुन्छ । नगरपालिकालाई हस्तान्तरण गर्दा आफुले जस्तो जतन नहुने हो की भन्ने आशंका रहेको बताउँदै उहाँ भन्नुहुन्छ– “आफ्रनै नेतृत्वमा एक संस्था दर्ता गरी एक कठ्ठा जमिन दिएर भवन निर्माण पस्चात आफनो निवासमा रहेका कलालाई सार्नै र त्यसलाई ब्यबस्थीत बनाउने सोचमा रहेको छु ।
नगरपालीकालाई हस्तान्तरण गरेपछि सम्रक्षणको अभावमा कलालाई नष्ट पारीने होकी भन्ने शंकामा रहेको छु तरपनि नगरपालिकाले भवन बनाईदिने प्रतिबद्धता गरेकाले केही समय पछि संबै कला नगरपालीकालाई हस्तान्तरण गर्नेछु ।”
सानै देखी के गर्दा नौलो हुन्छ भन्ने कौतुहलता आफुलई लागी रहेने भएको हुँदा समाजमा भए गरेका हरेक परिवर्तनका समय एउटा न एउटा कला बनाएको दावी गर्ने लामीछानेको संग्राहलयमा अहिलिे ५ सय भन्दा बढी कला कृतीहरु सजायर राखीएको छ । नेपाल सरकार र माओवादी बिच भएको युद्धबिरामका समयमा युद्धबिराम, माओवादी सहित सात दलले गरेको १९ दिने जनआन्दोलन पस्चात गणतन्त्र घोषणका बेला एकताको प्रतिक, दोश्रो संबिधान सभाले देशमा संबिधान घोषणा गरेको बेला देश एक भयो अब हामी सबै संबिधानमा गोलबद्ध भएर एक हुनु पर्छ भन्ने सन्देश दिने संबिधान, लगाएतका सयौ पशुपंछि लगाएतका आकृतीहरु रहेका छन् ।
नेपालमा रहेको एकमात्र जराबुट्टा कला संग्राहलयको आफ्नै निवासमा स्थापना गरी देशको सान बढाउन सफल हुनु भएका लामिछानेको स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारले प्रचार प्रसार र ब्यवस्थित बनाउन सहयोग गर्ने हो भने उहाँको कला देशमा मात्रै न भएर बिदेश सम्म पनि फैलने थियो ।